बन्दीपुरमा पाँच दिने विपद् व्यवस्थापन तालिम सम्पन्न
भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर-५ थुम्कामा पाँच दिने विपद् ब्यवस्थापन तालिम सम्पन्न गरिएको छ । बन्दीपुर गाउँपालिकाको सहकार्यमा इनिसेटिभ आउट डोर प्रालिद्वारा आयोजित तालिमको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले समापन गर्दै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे ।
विपद् जुनसुकै समय र जुनसुकै स्थानमा आउन सक्ने हुँदा स्थानीयलाई विपद्को ब्यवस्थापन एवं प्रतिकार्य गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकाले आवश्यक पर्दा सीपलाई ब्यवहारमा उतार्न सक्नुपर्ने अध्यक्ष थापाले बताए ।
स्थानीय १६ जनाको सहभागिता रहेको तालिममा इनिसेटिभ आउट डोर प्रालिका संचालक चन्द्र आले लगायतले प्रशिक्षण दिएका थिए । तालिममा प्राथमिक उपचार, डोरीबाट उद्दार गरिने कार्यहरु, पानीमा डुबेको अबस्थामा उद्धार गर्ने तरिका लगायतको सीप सिकाइएको थियो ।










