भानुमा व्यवसायिक किसानसंग “घर–गोठ भेटघाट कार्यक्रम”

भानु : तनहुँको भानु नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा फर्म निरीक्षणमा केन्द्रित गरिएको छ ।

कार्यक्रमको दौरान पालिकाको टोलीले किसानहरूको घर तथा फार्ममै पुगेर उनीहरूको वर्तमान अवस्था, भोगिरहेको समस्या र आगामी सम्भावनाहरूको अध्ययन गरेको छ । टोलीमा रहेका कृषि तथा पशु प्राविधिकहरूले तत्कालीन समस्याको अवलोकन मात्र नभई सुधारका उपायहरू समेत सुझाएका छन् ।

वडा नं. ८ का व्यवसायिक भैंसीपालक किसान दिपक बजगाईंको फार्मबाट मासिक झण्डै रु. ५० हजार आम्दानी भइरहेको पाइएको छ । त्यसैगरी, वडा नं. १० का चिरञ्जीवी लौडारीको नमूना बाख्रापालन फार्ममा झण्डै ९० वटा बाख्रा रहेको र मासिक रु. ६० हजार बराबरको आम्दानी हुने गरेको बताइएको छ ।

उता, वैदेशिक रोजगारीबाट फर्किएर समग्र कृषि क्षेत्रमा समर्पित रामबाबु भुजेल पनि उदाहरणीय पात्रका रूपमा अगाडि आएका छन्। उनको फार्ममा भैँसी, गाई, बाख्रा, मौरी, मेवा, कागती तथा तरकारी उत्पादन समेटिएको छ। एकीकृत कृषि प्रणालीलाई आत्मसात गर्दै उनले गाउँमै बसेर आत्मनिर्भर जीवन बिताइरहेका छन् ।

नगरपालिकाका अनुसार, यस्ता कार्यक्रमले केवल अवलोकन गर्ने मात्र नभई किसानसँग प्रत्यक्ष संवाद गर्न, उनीहरूको अनुभवबाट सिक्न र उनीहरूलाई नजिकबाट प्राविधिक सहायता पु¥याउन सहयोग पुग्नेछ । साथै, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जनामा योगदान पु¥याउने लक्ष्य लिएको बताइएको छ ।

भेटघाट कार्यक्रमलाई क्रमिक रूपमा नगरपालिकाका अन्य वडाहरूमा समेत विस्तार गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । उनले भने, ‘किसानसँगै बाँच्ने र उनीहरूकै माटोबाट समाधान खोज्ने यो अभियानलाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउनेछौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker