विद्युतको समस्याले खानेपानी आयोजना बन्द

तनहुँको म्याग्दे गाउँपालिका–२ को डुमडाँडा, गुञ्जार र सिप्ले गाउँका बासिन्दालाई हिउँदको समयमा सहज रुपमा खानेपानी वितरणका लागि लिफ्ट प्रविधिबाट निर्माण गरिएको उमाचोक खानेपानी आयोजनाको पानी संकलन ट्याङ्की ।

विद्युत लाइनमा समस्या आएपछि गत भदौ महिनादेखि लिफ्ट प्रविधिबाट पानी तान्ने कार्य रोकिएको छ । हिउँद लागेसंगै स्थानीय उपभोक्ताहरुले खानेपानीका समस्या झेल्दै आएका छन् । खानेपानी आयोजनाको थ्रिफेज लाइनमा समस्या आएको र यसको मर्मत सुधारका लागि करिब ८ लाख रुपैयाँ खर्च आउने भएपछि उपभोक्ताहरुले आर्थिक स्रोत जुटाउन नसक्दा बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

खानेपानी सञ्चालनमा नआएपछि स्थानीयले उपभोग तथा पशुवस्तु, सुन्तला तथा तरकारी खेतीमा समेत सहज रुपमा पानीको प्रयोग गर्न पाएका छैनन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker