देवघाटबाट राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्ने तथा फोटो खिचाउने कार्य सुरू

तनहुँको देवघाट गाउँपालिकामा आजबाट राष्ट्रिय परिचयपत्रको आवदेन फारम भर्ने तथा फोटो खिचाउने कार्य सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको प्राविधिक सहयोगमा राष्ट्रिय परिचपत्रको आवेदन फारम भर्ने तथा फोटो खिचाउने कार्य सुरू गरिएको गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए ।
पालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्राथमिकता दिइ यो सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए ।
आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने सबैले राष्ट्रिय परिचयपत्रको फारम अनिवार्य रुपमा भर्नुपर्ने सरकारले निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय र देवघाट गाउँपालिकाको आपसी सहकार्यमा सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
गाउँपालिकामा सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विवरण दर्ता अपरेटर ऋषिराम देवकोटालाई खटाएको छ । जेठ ३१ गतेसम्म देवघाटमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सञ्चालन गरिने भएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर, कार्यक्रम अधिकृत कृष्णराज पन्त सेवा प्रवाहलाई सहज बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहकार्य गर्न आग्रह गरे ।