तनहुँको बन्दिपुर गाउँपालिकामा वडा भेला एवं संगठन विस्तार
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ र ४ मा नेपाल कम्यूनिष्ट पार्टी एमालेको वडा कमिटी भेला तथा संगठन विस्तार कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले मुलुकलाई समृद्धि तर्फ लग्न युवाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै युवाहरु राजनीतिमा पनि सक्रिय हुन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानले मुलुकमा अहिले विकासको लहर आएको र नेकपा एमालेको सरकारले मात्रै मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन सक्ने बताइन् । बन्दिपुर-१ का संयोजक शिवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक पार्टी परित्याग गरी करिब तीन सय बढि एमाले प्रवेश गरेका थिए । नवप्रेवशीहरुलाई प्रतिनिधि सभा सदस्य श्रेष्ठ र राष्ट्रिय सभा सदस्य न्यौपानेले स्वागत गरी पार्टी प्रवेश गराएका थिए ।










