भिमादस्थित जनज्योतिको १८औं क्याम्पस सभा : गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाबीच सहकार्य अनिवार्य – नगरप्रमुख सुवेदी

भिमाद : जनज्योति क्याम्पस भिमादले आफ्नो १८औं क्याम्पस सभा बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। क्याम्पस सभालाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जनज्योति क्याम्पसले भिमाद मात्र नभई तनहुँ जिल्लाको सम्पूर्ण शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै क्याम्पसलाई नगरपालिकाबाट आवश्यक सहयोग र साथ प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाबीच सहकार्य अनिवार्य रहेकोमा जोड दिदै ग्रामीण क्षेत्रको शैक्षिक हबका रूपमा विकास गर्न अपरिहार्य रहेको चर्चा गरे ।

नगर उपप्रमुख शारदा खनालले क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापन प्रणाली सराहनीय रहेको बताउँदै विद्यार्थीमैत्री वातावरण अझ प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिन ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीत प्रकाश आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले सुधार योजना, आइकुएसी (IQAC) र इयस (IS) सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न संकाय र समितिहरूका संयोजकहरूले समेत आफ्नो–आफ्नो प्रतिवेदन पेश गरेका थिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आलेले हालै प्रकाशित शिक्षाशास्त्र संकायको नतिजामा सामुदायिक क्याम्पसतर्फ तनहुँ जिल्लामै पहिलो स्थान हासिल गरेको जनाउँदै क्याम्पसलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले जनस्तरबाट सञ्चालित क्याम्पसलाई सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि विद्यार्थीलाई आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो।

क्याम्पस सभामा वडाध्यक्षहरू, सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्यहरू, सल्लाहकारहरू, क्याम्पस सभासदहरू, विभिन्न क्षेत्रका सरोकारवाला तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

सभामा क्याम्पसले आगामी दिनमा QAA प्रक्रिया अघि बढाई गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक संरचना र पुस्तकालय विस्तार गर्ने, शिक्षक तथा विद्यार्थीलाई उच्च अध्ययन, अनुसन्धान र प्रशिक्षणमा प्रोत्साहन गर्ने योजनासहितका कार्यक्रम अघि सारेको जानकारी गराइएको छ। साथै, समुदायसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, सामाजिक उत्तरदायित्व पूरा गर्ने, छात्रवृत्ति वितरण, सुविधा विस्तार तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने विषयमा समेत विस्तृत छलफल भएको क्याम्पसले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker