भानु नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धी बैठक

भानु : तनहुँको भानु नगरपालिकामा विपद् ब्यवस्थापन सम्बन्धी बैठक गरिएको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बुधबार बसेको बैठकले विपद्को पूर्व तयारी बारे छलफल गरिएको विपद् ब्यवस्थापन समितिका सचिब ईञ्जिनियर विपिन श्रेष्ठले बताए ।
बैठकले गत असोज महिनामा परेको अविरल वर्षाका कारण क्षति पुगेको ३ घर परिवारलाई लाभग्राहीको सुचीमा कायम गरिएको छ भने नगरपालिका भित्र रहेका घर–परिवार मध्ये दोस्रो र तेस्रो किस्ताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै, पहिरोका कारण विस्थापित भएका वडा नं. ११ का १२ घरपरिवारलाई घर पुन निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ भने छुटेका लाभग्राहीलाई घर पुनः निर्माणका लागि सिफारिस गरिएको छ ।
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रबराज पौडेल, वरिष्ठ प्रशाककीय अधिकृत सुनिल पाण्डे, सुचना अधिकारी कृपाहरि लौडारी, विभिन्न वडाका वडाध्यक्षहरु, नेपाली काँग्रेस भानुका सभापति रामकुमार श्रेष्ठ, एमाले अध्यक्ष शंकर रानाभाट, माओवादी अध्यक्ष भरत थापा, रास्वपाका सभापति विष्णु पोख्रेल, नगर उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, नेपाली सेनाका रुरु भैैरब दलका सह सेनानी सुभाष कार्की, शसस्त्र प्रहरीबल मनकामना गणका प्रहरी निरीक्षक बसन्त जिसी, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुरज गुरुङ लगायतले विपद् व्यवस्थापनका लागि पूर्व तयारीका लागि सबै एक भएर जुट्नुपर्ने सुझाएका थिए ।










