“मिचाहा प्रजातिको वनस्पितिले वनका रुख–विरुवा नासिंदै गए”

दमौली : वनमा मिचाहा प्रजातिको वनस्पितिले दुःख दिएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । तनहुँको दमौलीमा विहीबार आयोजित एक कार्यक्रमका सहभागिहरुले सामुदायीक, निजी र कबुलियती वनहरु तथा खेतबारीमा समेत मिचाहा प्रजातिको वनस्पितिले अन्य आवश्यक रुख–विरुवाको उम्रने र हुर्कने क्षमतामा कमि ल्याएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
वन र खेतबारीमा विभिन्न किसिमका वनमारा, निलो गन्दे, पातिझार, कालोकुरो लगायतका मिचाहा प्रजातिको वनस्पितिले वनका रुख–विरुवा नासिँदै गएको र खेतीयोग्य जमिनमा समेत मिचाहा प्रजातिको वनस्पितिले उत्पादन क्षमतामा ह्रास आएको भन्दै डिभिजन वन कार्यालय तनहुँले गण्डकी जलधार जलवायु उत्थनशीलको सहयोगमा मिचाहा प्रजातिलाई नियन्त्रण तथा ब्यवस्थापन गर्नु पर्ने विषयक गोष्ठीमा सहभागीहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
जलवायु परिवर्तनको कारणले पनि मिचाहा प्रजातीको प्रकोप बढेकोले रैथाने प्रजाती लोप हुने अवस्थामा पुगेको, कृषि उत्पादनमा कमि आएको, वन्यजन्तुको बासस्थानमा प्रभाव परेको, वन डँढेलोमा वृद्धि भएको, मानव वन्यजन्तु बीच द्वन्द्व बढेको लगायतका असर पर्ने गरेको बताइएको छ ।
मिचाहा प्रजाति हटाऔ, जैविक विविधता बचाऔ भन्ने नारा सहित गरिएको कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख शरद कुमार अधिकारीले दिगो वन ब्यवस्थापनमा मिचाहा प्रजातिका वनस्पतिले दीर्घकालिन रुपमा असर परेकाले विशेषगरी सामुदायिक वन उपभोक्ता समिति संवेदनशील बन्नु पर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालयका वन अधिकृत नवीन विश्वकर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा गण्डकी जलधार जलवायु उत्थनशील आयोजनाका डा. राजन पौडेलले मिचाहा प्रजातिको नियन्त्रण तथा ब्यवस्थापनमा स्थानीय पालिकासँग सहकार्य गरी योजना निर्माण कार्य गर्नु पर्ने बताए । गोष्ठीका माध्यमबाट आगामी दिनमा सामुदायिक वनहरुमा कार्य योजना तयार गरी कार्य गरिने सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker