भिमाद घटनाप्रति दुइ पार्टी बीच आरोप प्रत्यारोप

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भिमाद नगरपालिका-२ मा मंगलबार राती भएको घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेस बीच आरोप प्रत्यारोप चलेको छ । भिमाद-२ को फुचुङ्गमा मंगलबार राती करिब १०:३० बजेको समयमा एमाले र काँग्रेसका कार्यकर्ता विच भएको झडपलाई लिएर यी दुइ पार्टीले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै वक्तव्यबाजी गरेका छन् ।

उक्त घटनामा नेकपा एमाले र नेपाली काँग्रेसले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै एक अर्कालाई आरोप लगाएका छन् । एमालेले उक्त घटनामा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदबार भिमबहादुर थापा (मणी)को नेतृत्वमा करिब २० जना कार्यकर्ताहरु नाराबाजी गर्दै हतियार प्रदर्शन गर्दै जनतालाई आतंकित बनाउँदै हिडेको आरोप लगाएको छ ।

एमालेद्वारा जारी विज्ञप्तिमा रातीको समयमा जनतालाई आतंकित पार्ने उक्त कार्य निर्वाचन आचार संहिता विपरित भएको भन्दै एमालेले निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपुर्ण बनाउनको लागि यस्तो कानुन विपरितको कार्य गर्ने समुहलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।

एमाले तनहुँका सचिव राजेश्वर ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचार संहितको पुर्ण पालना गर्दै शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न गर्ने पुर्व प्रतिबद्धता विपरितको कार्य भएको भन्दै आपत्ती जनाइएको छ । विज्ञप्तिमा निर्वाचनलाई असुरक्षा महशुस गराउनका निम्ति गरिएका यस्ता क्रियालकलापमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

यस्तै, नेपाली काँग्रेसले पनि विज्ञप्ति मार्फत उक्त घटनामा एमाले कार्यकर्ताहरुको संलग्नता भएको भन्दै कारवाहीको माग गरेको छ । नेपाली काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेद्वारा जारी विज्ञप्तिमा कांग्रेसको कार्यक्रममा सहभागी भई र्फकदा नेकपा एमालेका कार्यकर्ताहरुहरुले हतियार प्रयोग गरी काँग्रेसका कार्यकर्ता विवश थापा माथि आक्रमण गरी र्घाईते बाएको भनिएको छ ।

उक्त घटनामा एक थान तरवार, एक थान खुकुरी र ४ वटा मदिराको वोतल बरामद भएको भन्दै काँग्रेसले उक्त घटनामा दोषी व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाउन प्रशासनसँग माग गरेको छ । विज्ञप्तिमा यस किसिमका आक्रमणका घटनाले निष्पक्ष र धाधली रहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विषयमा आशंका उत्पन्न भएको भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker