धार्मिक, पर्यटकीय स्थलको प्रबर्द्धनका लागि महासंघले घुम्ती बैठक गर्ने

दमौली : नेपाल पत्रकार महासंघ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबर्द्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ । शाखाको आज सम्पन्न कार्यसमिति बैठकले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा बैठक आयोजना गर्ने निर्णय गरेको हो ।
जसअनुसार आगामी बैठक फागुन १० गते व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आयोजना गर्ने निर्णय भएको महासंघ तनहुँका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । यस किसिमको बैठक आयोजना गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने उनको भनाइ छ ।
बैठकले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्यहरुको स्वास्थ्य बीमा गर्नका लागि शाखाको अनुरोधमा व्यास नगरपालिकाले सहयोग गर्ने निर्णय गरेकामा व्यास नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । शाखाको आयोजनामा पेशागत व्यावसायिक तालिम सञ्चालन गर्ने र सहयोगका लागि स्थानीय तहसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै शाखाको आयोजनामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसँग उपयुक्त समयमा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरिएको छ ।
यस्तै शाखाको भवन मर्मत सम्भारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले शाखाका सचिव कृष्ण न्यौपानेका पिता रामचन्द्र न्यौपानेको असामयिक एवं दुःखद निधन भएकामा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker