शुक्लागण्डकीको सार्वजनिक सुनुवाई : सुशासनदेखि नदीजन्य पदार्थको चुहावटका विषयमा नगरवासीको जिज्ञासा

दुलेगौंडा : स्थानीय तहको काम–कारबाहीका बारेमा जनतालाई प्रत्यक्ष जानकारी दिने उद्देश्यसहित तनहुँको शुक्लागण्डकी नगरपालिकाले विहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यालयले सम्पादान गरेको गतिविधिहरू सार्वजनिक गर्दै नगरपालिकाले जनगुनासो, समस्या र सुझाव संकलन गरेको थियो ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले गरेको काम, प्राप्त उपलब्धी तथा देखापरेका चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । उनले जेनजी आन्दोलनपछिको अवस्था केही अन्यौलपूर्ण रहेकाले संघ र प्रदेश सरकारसँग सहकार्यमा अघि बढाइने कार्यक्रमहरू सञ्चालनमा चुनौती थपिएको बताए ।

यस्तै, सार्वजनिक सुनुवाइमा सहभागी राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघ, नागरिक पहिलो अभियान तथा विभिन्न टोल विकास संगठनका सदस्य तथा नगरबासीहरुले पारदर्शिता, शुशासन र सेवा वितरण सुधारमा जोड दिए।

विशेषगरी नदीजन्य पदार्थ चुहावट, कृषि अनुदान वितरणमा अनियमितता, आयोजना छानोटमा केन्द्रिकरण, बजेट कार्यान्वयनमा ढिलाइ जस्ता विषयमा चासो देखाउँदा जिज्ञासा राखेका थिए ।

सहभागीहरुले नगर प्रमुख र उपप्रमुखले चुनावी प्रतिवद्धताअनुसार काम अघि बढाएको–नबढाएको विषयमा पनि चासो व्यक्त गरेका थिए । बेलचौतारास्थित कृषि संकलन केन्द्र सञ्चालन नहुँदा किसान मर्कामा परेको, नगर बस सेवा विस्तार नहुनु, सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान नहुनु लगायतका विषयमा सहभागीहरूले प्रश्न उठाएका थिए ।

यसैगरी कृषि क्षेत्रमा हुने अनियमितता, सडक–पुल निर्माणको ढिलाइ, प्रहरी सुरक्षा व्यवस्था फितलो, चिहानघाट व्यवस्थापन नहुँदा स्थानीयलाई समस्या परेको जस्ता विषयमा पनि सहभागिले गुनासो राखेका थिए ।

स्थानीयवासीका सवालको जवाफ दिँदै नगर प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर विक (राजु)ले चुनावी घोषणापत्र अनुसारकै कामहरू क्रमिक रूपमा अघि बढाइरहेको दाबी गरेका थिए । उनिहरुले उपलब्ध बजेट, कानुनी प्रक्रिया र संघ–प्रदेशबाट प्राप्त सहयोगको आधारमा प्राथमिकताका क्रम मिलाएर योजनाहरू कार्यान्वयन भइरहेको स्पष्ट पारे ।

‘केही चुनौतीहरू छन्, तर जनताको साथ भयो भने योजना पूरा हुनबाट रोकिँदैन’, बताउँदै नगर प्रमुख पण्डितले जनसहभागिता र सुझावलाई आवश्यकताको रूपमा प्रस्तुत गरेका थिए ।

उपप्रमुख विकले विरोध मात्रै गर्ने तर समाधानका लागि निर्माणात्मक सुझाव नदिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘जनताको चासो र चिन्ता स्वतः हाम्रो प्रमुख जिम्मेवारी हो ।’

शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, इप्रका बेलचौताराका प्रमुख धननारायण श्रेष्ठ लगायतका जिम्मेवार अधिकारी लगायतले सहभागिले उठाएका जिज्ञासाको सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker