घरायसी विवादमा भाइले गरे दाजुको हत्या

कैलाली । कैलालीमा घरायसी विवादका क्रममा भाइले दाजुको हत्या गरेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोल बस्ने ३५ वर्षका लालबहादुर बोहराको गएराति ३० वर्षका सहोदर भाइ प्रकाश बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घरायसी विवादमा दाजु लालबहादुरमाथि भाइ प्रकाशले घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्‍याइएको थियो ।

उपचारको क्रममा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker