तनहुँको दमौलीमा दश दिने भुजेल मातृभाषा साक्षरता कार्यक्रम सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा दश दिने भुजेल मातृभाषा साक्षरता कार्यक्रम सुरु गरिएको छ । असार २९ गतेसम्म सञ्चालन हुने साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला कार्यसमिति तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले मातृ भाषा संरक्षण अहिलेको प्रमुख चुनौती बनेको चर्चा गरिन ।

भाषा, कला, संस्कृती हरेक समुदायको पहिचान भएको बताउँदै अध्यक्ष घर्तीले आफ्नो पहिचानको संरक्षण र प्रवर्द्धनमा हामी आफै जागरुक बन्न आग्रह गरिन ।

भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष तिर्थ बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा दुरा समाजका अध्यक्ष सुशीला दुरा, कुमाल समाजका अध्यक्ष आलोक कुमाल, रेशम भुजेल, गोपाल घर्ती, मुक्त बहादुर भुजेल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका समाजका सचिव पृथ्वी भुजेलले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker