तनहुँका ११ सय जनामा कोरोना संक्रमण पुष्टि, ७१४ जना निको भए, १५ जनाको मृत्यु

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा कोरोना संक्रमितको संख्या एक हजार १०० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरणमा जिल्लाका २९५ जना महिला र ८०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बन्दिपुर गाउँपालिकाका ९ जना सहित तनहुँमा १४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित मध्ये ६४.९१ प्रतिशत अर्थात ७१४ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारले जानकारी गराए ।
यस्तै, जिल्लाका ३७१ जना सक्रिय संक्रमित मध्ये ३२ जना संस्थागत आइसोलेनमा बसेका छन् भने अन्य संक्रमितहरु होम आइसोलेशनमा बसेको प्रमुख अधिकारीले बताए ।
कोरोना भाइरस संक्रमणका कारण तनहुँमा हालसम्म १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएनेमा व्यास नगरपालिकाका ६ जना, शुक्लागण्डकी नगरपालिकाका २ जना, भिमाद नगरपालिकाका ४ जना, म्याग्दे गाउँपालिकाका १ जना र आँवुखैरेनी गाउँपालिकाका २ जना छन्।
जिल्लाका १० वटै स्थानीय तहका गरी ११ हजार ८८ जनाको स्वाब नमुना संकलन पश्चात गरिएको पीसीआर परीक्षणमा ९ हजार ९९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।