तनहुँका दुग्ध उत्पादक किसानहरु आन्दोलित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका दुग्ध उत्पादक किसानहरु आन्दोलित भएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको मागहरुको सुनुवाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

जिल्लाका विभिन्न सहकारी संस्थाको प्रतिनिधिहरुको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दुधको भुक्तानी, मिल्क होलिडे, दुध तथा दुग्धजन्य पदार्थको आयात, लागत मूल्य घटाउने जस्ता विषयमा पटक पटक नेपाल सरकारसँग छलफल गरी कार्यान्वयन गर्ने निर्णय गरिएपनि त्यो कार्यान्वयन नभएकाले आन्दोलनमा जानुपरेको बताइएको छ ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरका अनुसार दुध जस्तो संवेदनशिल वस्तुमा सरकारको यस प्रकारको वेवास्ताले किसानहरु हतोत्साहित एवं धरासायी बन्दै गएका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लि.ले चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेको र सो कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै तनहुँमा पनि ज्ञापन पत्र बुझाइएको उनले बताए ।

संघले निर्धारण गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापनपत्र बुझाइएको छ । फागुन १७ गते ११ बजेबाट १ बजेसम्म दुइ घण्टा पृथ्वी राजमार्गमा चक्काजाम गर्ने र २१ गतेबाट केन्द्रीय दुग्ध सहकारीसँग केन्द्रिकृत भई आन्दोलन गर्ने संघका अध्यक्ष कुँवरले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker