तनहुँ प्रहरीको विशेष ‘स्विप अपरेसन’ : ७६ जनालाई सम्झाइबुझाइ छाडियो

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा विशेष ‘स्विप अपरेसन’ सञ्चालन गरेको छ ।
सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानका क्रममा विभिन्न स्थानबाट ७६ जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइपछि छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, होटल तथा संवेदनशील मानिएका स्थानहरूमा निगरानी बढाउँदै शंकास्पद गतिविधिमाथि विशेष निगरानी गरिएको थियो। अभियानका क्रममा रातिको समयमा अनावश्यक रूपमा हिँडडुल गर्ने, शंकास्पद अवस्थामा भेटिएका तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि जाँच तथा निगरानी गरिएको जनाइएको छ।
विशेष स्विप अपरेसन जिल्लाभर निरन्तर सञ्चालन गरिने र कानून विपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी गराए । साथै, शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको भन्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन उनले अनुरोध गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker