शैक्षिक सामग्री प्रदर्शनी मेला

तनहुँको आँवुखैरेनी गाउँपालिकाले आयोजना गरेको शैक्षिक सामग्री प्रदर्शनी मेलामा पालिकाका विभिन्न विद्यालयका विद्यार्थीले तयार गरेका शैक्षिक सामाग्रीहरु ।

सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन र क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त शैक्षिक सामग्री प्रदर्शनी मेलामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूले विज्ञान, प्रविधि, स्वास्थ्य, गणित, सामाजिक र भाषागत विषयमा शैक्षिक सामग्री प्रदर्शन गरेका थिए ।

कुल ९४ वटा स्टलहरूमा विद्यार्थीहरूले आफ्ना सिर्जनशीलता र क्षमताहरू प्रदर्शित गरेको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी गराइन ।

प्रदर्शनीमा २७ वटा समूहले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् । सफल विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष शुक्र चुमानले बधाई र उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

तस्विर : भञ्ज्याङ










