तनहुँमा बेवारिसे मानव कंकाल फेला
भञ्ज्याङ न्यूज

तनहुँमा बेवारिसे मानव जातको कंकाल फेला परेको छ । व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान मानव जातको कंकाल फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
मानव कंकाल फेला परेको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अबदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको अध्यन अनुसन्धान गरेको र कंकालको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ ।
अनुसन्धान खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरण सहित घटनास्थल तथा लासजाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृह्रमा लिई राखि थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी गराए ।










