उत्पादित वस्तुको गुणस्तर देखाउन र बजार खोज्न महोत्सवमा आइपुगे कृषक

दुलेगौंडा : स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको शुक्लागण्डकी महोत्सवमा कृषकहरु आफ्नो उत्पादनको गुणस्तर प्रदर्शनीका साथै बजार खोज्दै उपस्थित भएका छन् ।
स्थानीय उत्पादन प्रदर्शनी र विक्रीका लागि महोत्सवले निःशुल्क स्टल उपलब्ध गराएपछि दगामदेखि महको ब्यापार गर्न रोलबहादुर गुरुङ महोत्सव स्थलमा आइपुगेका छन् । आफ्नो उत्पादन यस अघि विदेशमा समेत बिक्री गर्दै आएका रानाले यस पटक महोत्सवमा बिक्री गरेर आफ्नो उत्पादनका गुणस्तरलाई प्रचार गर्ने लक्ष्य राखेका छन् ।
गुरुङले महोत्सवको प्रवेशद्वारा नजिकै आफ्नो उत्पादन बिक्री र प्रदर्शनीमा राखेका छन् । महोत्सव मार्फत महको गुणस्तरबारे प्रचार गरेर नेपाली बजारमै उत्पादन खपत गराउने उनको उद्देश्य रहेको छ ।
यस्तै पोखराका पदम सुनार पनि आफ्नो उत्पादन बिक्रीका लागि महोत्सवमा सहभागि  भएका छन् । फलामबाट बनेका विभिन्न भाडावर्तन र औजार बिक्री गर्न विभिन्न स्थनका मेला महोत्सवहरुमा सहभागि हुँदै आएका सुनारले यस क्षेत्रमा आफ्नो उत्पादन र सामाग्रीको बिक्रीवितरण र प्रचार गर्ने मुख्य उद्देश्य बनाएका छन् । पोखरामा कारखाना सञ्चालन गर्दै आएका सुनारले शुक्लागण्डकी महोत्सवबाट आम्दानी भन्दा बढी ग्राहक कमाउन सकिने आशा राखेको बताउँछन्।
दर्शक बनेर आएकाहरु ग्राहक बनेर फर्केने भएपछि महोत्सवमा स्थानीय उत्पादनदेखि दैनिक उपभोग्य सामाग्रीको बिक्री हुने स्टलहरुलाई प्रशस्त समेटिएको छ । भान्छामा प्रयोग हुने सामाग्रीदेखि पाक्ने तरकारी समेतका बिक्री महोत्सव स्थलबाट भईरहेको महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
उनका अनुसार यस क्षेत्रमा हुने उत्पादनको पहिचानका लागि कृषि उत्पादनको बिक्री र प्रदर्शनीलाई प्राथमिकता दिएको उनले बताए। महोत्सवमा १७५ स्टलबाट विभिन्न प्रकारका सामानहरु बिक्री भईरहेको उनले जानकारी गराए ।
यता कृषि उत्पादन बिक्री तथा प्रदर्शनी उपसमितिकी संयोजक बसन्ता श्रेष्ठले महोत्सवको उद्देश्यलाई पुरा गर्न स्टलमा कृषि उत्पादन समेटेको बताइन् । उनले कृषि उत्पादनको उपयुक्त समय नभएकाले थोरै सामाग्री राखेर भएपनि स्थानीय ब्यवसायिक कृषकको उत्थानलाई सहयोग पु¥याउन प्रयास भएको बताइन् ।
आगामी २० गतेसम्म सञ्चालन हुने महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker