डढेलो नियन्त्रणका लागि उपभोक्ताको महत्वपूर्ण भूमिका

भानु : वनजंगलमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमसँगै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहने सरोकारवालाले जोड दिएका छन् । वनजंगलमा डढेलो लगाउने जो कोहिलाई पनि कडाभन्दा कडा कारवाहि गर्न सुझाएका छन् ।
वन डढेलो नियन्त्रण सम्वन्धमा डिभिजन वन कार्यालय तनहुँ र भानु नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरणमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सम्वन्धित कार्यालयलाई यस्तो सुझाव दिएका हुन् ।
गर्मियाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सतर्कता अपनाउन तथा सचेतनाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरद कुमार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले डँढेलो नियन्त्रणसँगै वन संरक्षणमा उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वातावरणीय प्रभावमा असर पर्नुको साथै वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने भएकाले सबैले सावधानी अपनाउनु पर्ने नगर प्रमुख त्रिपाठीले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले डँढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमसंगै कानुनी कारवाहिको प्रक्रियालाई पनि संगसंगै लैजानुपर्ने धारणा व्यक्त गरे । डढेलो लगाउने व्यक्तिलाई कानुनत कारवाहिको निश्चित मापदण्ड तोकिएकोले त्यस्ता व्यक्तीहरुको पहिचानका लागि संयन्त्रनै तयार गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ भानुका अध्यक्ष मानबहादुर थापा लगायतका वक्ताहरुले वन डँढेलोेले पार्ने असर, डँढेलो लाग्ने कारण र डँढेलो नियन्त्रणका उपायहरुको बारेमा चर्चा गर्दै उपभोक्ताले निर्माण गरेको कार्ययोजना कार्यान्वयनमा लैजानु पर्ने र चोरी शिकारीलाई पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीहरुले जिल्लामा प्रत्येक वर्ष वनमा डढेलो लाग्ने गरेपनि कसुर गर्नेलाई हालसम्म पहिचान गरी कानुनी कारवाहि नभएको भन्दै कानुन कार्यन्वयनमा समेत जोडदिनुपर्ने बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख अधिकारीले वन डँढेलो नियन्त्रणमा उपभोक्ता समितिको दायित्व रहेको भन्दै डढेलो नियन्त्रणका लागि संलग्नलाई कारवाही र सुराकी दिनेलाई गोपनियतासँगै पुरस्कारको व्यवस्था रहेको बताए ।
उनले भने, ‘वन ऐन २०७६ अनुसार कुनैपनि स्थानमा डढेलो लगाउनेलाई तीनवर्षसम्म कैद वा ६० हजार रुपैया जरिवाना वा दुवै सजाया हुने व्यवस्था रहेको छ । सो बाहेक मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार दुईवर्षदेखि पाँच वर्षसम्म कैद, २० हजार देखि ५० हजार रुप्ैयाँसम्म जरिबाना रहेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम १० हजार रुपैयाँ भन्दा बढिको विगो भए विगोको दोव्वर जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था रहेको छ ।’
सामान्य असावधानीका कारण वनजंगलमा भएको आगलागी नियन्त्रण गर्न नसक्ने गरी डढेलोको रुपमा फैलिने र डढेलोले पर्यावरण लगायत जडिवुटी, काठ दाउरा, कार्बन उत्सर्जन, साना बोटविरुवा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउँदै जनजीवनमा प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पर्दछ ।
त्यसैगरी डढेलोका कारण वनजंगल क्षेत्रमा रहेका खानेपानीका पाइपलाईनमा नोक्सानी पु¥याउनुका साथै वनजंगलमा जोडिएर रहेका नजिकका मानववस्तीहमा जनधनको क्षति समेत हुने गरेको छ । कार्यक्रममा भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले सहजिकरण गरेका थिए भने वन अधिकृत मदन सुवेदीले डँढेलो नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker