सडकको डिभाइडरमा हरियो दुबो

मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजार क्षेत्रमा सडकको डिभाइडरमा दुबो रोपेर हरियाली बनाइदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा)ले सडक विस्तार कार्यलाई तीब्रता दिएको छ भने सडकको डिभाइडरमा दुबो रोपेर हरियाली बनाउँदै लगेको छ । योजनाले दुलेगौंडा बजार क्षेत्रमा छ लेनको सडक विस्तार गरिरहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










