तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु, ४ जना घाइते

भञ्ज्याङ न्यूज

तनहुँमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास-१२ घाँसीकुवामा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आमाछोरा घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ-८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट दमौली तर्फआउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसंग ठक्कर खाई बा४ख ८९९६ नम्बरको बसमा ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनमा परी धादिङ-८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष घाइते भएका हुन् । घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

घाइतेको पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको व्यास नगरपालिका-६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । ट्याक्टर सडकबाट झण्डै तीन सय मिटर तल खसेर भएको दुर्घटनामा परी बालकको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

स्थानीय ९ वर्षका सरोज थापाको सोही ट्याक्टरको ढालाले च्यापिएर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँजाबाट सेखाटार तर्फजाँदै गरेको ग१त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रत भई दुर्घटना हुँदा ट्याक्टर चालक ब्यास नगरपालिका-६ सेखाटार बस्ने बर्ष४० का बुद्धी श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा वर्ष२७ कि सरस्वती थापा र्घाईते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker