च्याउ खादा विरामी भएका एक जनाको मृत्यु
दमौली : बारीमा उम्रिएको च्याउ खादा तनहुँमा एक जनाको मृत्यु भएको छ । बारीमा उम्रिएको च्याउ खाएर बिरामी परेका तनहुँको म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको बताइएको छ ।
उनको गएराती उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिए ।
केही दिन पहिले बारीमा उम्रिएको च्याउ खाएका ११ जना बिरामी भएका थिए । तिमध्य गम्भीर बिरामी दुइ जनाको आइसियुमा उपचार भएकोमा एक जनाको ज्यान गएको हो । ४ बर्षीय सुमित पुलामी गम्भीर अवस्थामा रहेको बताइएको छ ।
म्याग्दे गाउँपालिका सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ व्यास–६ को शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा ११ जना बिरामी भएका थिए ।










