बन्दीपुर गाउँपालिकाको ७६.७२ प्रतिशत भौतिक प्रगति

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दीपुर गाउँपालिकाको चालु आर्थिक वर्षको योजना कार्यान्वयनको भौतिक प्रगति ७६.७२ प्रतिशत पुगेको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३२४ कुल योजना सञ्चालन गर्ने नीति अनुसार ३०६ वटा योजनाको सम्झौता भएको, १९१ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४३ वटा भुक्तानीको चरणमा रहेको, ७० योजना अन्तिम चरणमा पुगेको तथा ४ वटा सम्झौता भएर पनि काम सुरु नभएको र १७ वटा सम्झौता नै नभएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार चालु आर्थिक बर्षमा १०४ वटा सडकको स्तरोन्नती र ८ वटा नयाँ ट्रयाक खोलिएको छ । सिचाइ कुलो, भवन लगायतका ४२ वटा पूर्वाधार छन् । गाउँपालिकाको आन्तरिक चालुतर्फ जेठसम्म ६१.१२ प्रतिशत, पुँजीगत ४० प्रतिशत, संघ सरकारबाट हस्तान्तरिक चालुतर्फ ७० प्रतिशत, र पुँजीगततर्फ २० प्रतिशत र प्रदेशतर्फको पुँजीगत खर्च जम्मा २३ प्रतिशत छ ।

आधारभूत मापदण्डको स्वच्छ खानेपानी उपलब्ध गराउन एक घर एक धाराको नीति अनुसार वृहत् मर्स्याङ्गदी खानेपानी आयोजना निर्माणाधीन रहेको, प्रदेश सरकारको समपुरक अनुदान ५८ लाखको लागतमा २७५ घरधुरी लाभान्वित हुने गरी बांगेसिमल खानेपानी आयोजना सम्पन्न भएको, १६ लाखको लागतमा भुमर्से डीप बोरिङ्ग निर्माण सम्पन्न भएको भएको गाउँपालिकाले जनाएको छ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन, नियमन र समग्र पर्यटकीय गतिविधि सञ्चालनमा सहयोग पुर्‍याउन पर्यटन विकास ऐन २०७९ जारी गरिएको, बन्दीपुर गाउँपालिका भित्रका १६ पर्यटकीय गन्तब्यको डिजिटल माध्यमबाट प्रवर्द्धन र प्रचार गर्न क्यूआर कोर्ड बोर्ड निर्माण गरिएको, उज्यालो बन्दीपुर कार्यक्रम लागु गरेर ठाउँठाँउमा सडकबत्ती राखिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

गाउँपालिकाका सुत्केरी हुने महिलालाई एम्बुलेन्स चाँहिदा निशुल्क उपलब्ध गराउने, बन्दीपुर अस्पतालमा सेवा थप र भवन निर्माणको कार्य गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाको आन्तरिक राजश्वको वृद्धि पनि खासै भएको पाइएको छैन । चालु आर्थिक बर्षको जेठ २३ गतेसम्म गाउँपालिकाले १ करो ६८ लाख ६३ हजार राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्ष १ करोड ७३ लाख ३७ हजार र आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ६० लाख २७ हजार राजश्व संकलन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker