शुक्लागण्डकीले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालनलाई पारदर्शी बनाउने

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालन कार्यलाई पारदर्शी र ब्यवस्थित बनाउने अभियानमा जुटेको छ । आगामी ठेक्काहरुमा जनताको माग बमोजिम नागरिक समाजको उपस्थितिमा नापजाँच गर्ने र सम्पन्न भएपछि पुनः जाँच गरी यथार्थ बाहिर ल्याउने नगरपालिका लागि परेको छ ।
नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणलाई प्रतिकुल असर नपार्ने र चोरी निकासीलाई निस्तेज पार्ने लक्ष्यका साथ घाटहरु बिक्री गर्ने नगरपालिकाले तयारी गरेको छ ।
घाट बिक्री गर्दा अवैध दोहन हुने र जनप्रतिनिधीहरुलाई समेत अनावश्यक लाञ्छाना आउने गरेका कारण नगरपालिकाले बुधबार नागरिक समाज, स्थानीय जनप्रतिनिधी र प्राविधिक सहितको टोलीले नाप जाँच गरी घाट ठेक्कामा लगाउने र प्रभावकारी अनुगमन गर्ने तयारी गरेको छ ।
स्थानीय सरोकारवाला र जनप्रतिनिधीसहित सेती नदीको किनारमा पुगेर माथिल्लो किमलडाँडा घाट र फोहोर ब्यवस्थापन केन्द्रको पारि रहेको घाट तत्काल ठेक्कामा लगाउने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक आम्दानीलाई बढाउने र नदीजन्य पदार्थको उचित ब्यवस्थापन गर्दा प्रभावकारी नियमन अवलम्वन गर्न नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
‘ठेक्का लगाउँदा  यकिन नाप जाँच गरेको जानकारी नगरबासीलाई दिने र ठेक्का सम्झौता समापन हुँदा पुनः जाँच गरी पारदर्शिता प्रस्तुत गर्ने हाम्रो तयारी छ’, उनले भने, ‘नगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्दा आवश्यक परे सम्वन्धित घाटमा हुने अनियमितता रोक्न सिसि क्यामेरा जडान गर्न समेत तयारी अवस्थामा रहेको छ ।’
नगरपालिकाले ठेक्का आव्हान गर्ने तयारीमा रहेको दुई वटा घाटको वर्तमान अवस्था अवलोकन गर्न बुधबार पालिकाका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्व सहित नागरिक समाज शुक्लागण्डकीका अध्यक्ष उमानाथ पाठक, नगरप्रमुख पण्डित, उपप्रमुख खुमबहादुर विक राजु सहित कार्यपालिकाका केही सदस्य र प्राविधिकहरु संयुक्त रुपमा स्थलगत अध्यान अवलोकनका लागि पुगेका थिए ।
घाटहरुको अवलोकन गर्दै नगरपालिकाका प्रतिनिधिहरुले नदीजन्य पदार्थ बिक्री गर्दा जनविश्वास कायम गर्दै पारदर्शितालाई प्राथमिकता दिने र अवैध दोहन नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker