स्थानीय उत्पादन वृद्धि विना आर्थिक पक्ष बलियो हुँदैन : पूर्व मन्त्री गिरी

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

पूर्व स्वास्थ्य तथा जनसंख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य पदम गिरीले स्थानीय उत्पादन वृद्धि विना मुलुकको आर्थिक पक्ष बलियो नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा विहीबार शुक्लागण्डकी महोत्सव-२०७९ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

स्थानीय उत्पादनले बजार नपाएको अवस्थामा भन्सारमा प्रयोगशाला राखेर परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्नु नेपाली जनताकालागि दुर्भाग्य भएको उनले बताए । ‘म कुनै नेता, पार्टीप्रति लक्षित छैन’, उनले भने, ‘जनतालाई विष खुवाएका छौ । यसप्रति हामी गम्भिर हुनु जरुरी छ । अब राष्ट्रलाई जोगाउन हामीले केही योगदान गर्न जरुरी छ ।’

स्थानीय उत्पादन विना आर्थिक अवस्था बलियो बनाउन नसकिने हुँदा यसतर्फ सबैले चासो दिनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । व्यवसायीहरु निरास बनेका छन् । निजी क्षेत्र बलियो नहुँदा सबै क्षेत्र कमजोर हुने हुँदा केबल सत्ताको मोह त्यागेर जनताप्रति उत्तरदायी सरकार अहिलेको आवश्यकता हो ।’

‘जनताप्रति इमान्दार भएर राजनीति नगर्ने हो भने अहिलेसम्मका उपलब्धी गुम्न सक्छ’, पूर्वमन्त्री थापाले भने, ‘दैनिक बेरोजगारीको संख्या बढेको छ । देशले चालु खर्च नसकेर ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । अब यसलाई राष्ट्रिय बहसको विषय बनाउनुपर्छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्यहरु जितप्रकाश आले, श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, शुक्लागण्डकी नगरपालिका-६ का अध्यक्ष बुद्धि बहादुर थापा, स्थानीय श्रृंग यातायात प्रालिका अध्यक्ष केदार पौडेलले सरकारले तत्काल आर्थिक अवस्था सुधार हुने नीति ल्याउनुपर्ने बताए ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव उपेन्द्र तिमील्सीना, प्रवक्ता सुजित हिराचन, महिला उद्यमी सभापति लक्ष्मी थापा पौडेल लगायतले महोत्सव आयोजना गर्नुको उद्देश्य, महोत्वले यस क्षेत्रमा पार्ने सकरात्मक प्रभावका विषयमा चर्चा गरेका थिए ।

महोत्सव उद्घाटनका अवसरमा विभिनन जातजातिका पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृति झाँकी प्रदर्शन गरिएको थियो । मिलडाडाँबाट शुरु झाँकीसहितको र्‍याली खैरेनीटार बजारहुँदै महोत्सवस्थलमा पुगेर समापन भएको थियो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यात्रि्राप्त कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिने आयोजकले जनाएको छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल २१७ स्टल रहेको निर्देशक समुन्द्रराम श्रेष्ठले बताए । फागुन २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब २ लाख दर्शकको सहभागिता रहने र ३ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले अनुमान गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker