तनहुँको भानुका ५७ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गरियो

भानु : तनहुँको भानु नगरपालिकाको सुरानडिही नगर अस्पतालस्थित आयुर्वेद स्वास्थ्य शाखाले आइतबार ५७ जना बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन गरिएको छ । आयुर्वेद विज्ञानमा आधारित यो एक जडीबुटी र खनिज औषधीको मिश्रण हो ।
अभिभावकहरुले आफ्ना बालबालिकालाई स्वास्थ्य रक्षाका निम्ति अर्थात शरीरको रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न, मस्तिष्कको विकासमा सहायक गर्न, स्मरण शक्ति बढाउन, पाचन प्रणाली मजबूत बनाउन र मौसम परिवर्तन भै आउने सीजनल फ्लूज कम गराउन स्वर्ण विन्दु प्राशन गर्ने गरिएको प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी गराए ।
उनका अनुसार यो हरेक महिना पुष्य नक्षेत्रको दिन दिने गरिन्छ । सुन, मह, घ्यू तथा विभिन्न जडिबुटीहरुको प्रयोग गरी तयार पारिएको आयुर्वेदिक औषधी हो । कुनै समस्या विशेष भएका बच्चाहरुलाई नियमित खुवाउने पनि गरिन्छ ।
६ वर्ष मुनिका बालबालिकाहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक, मानसिक एवं सर्वाङ्गिण विकासमा मद्दत गर्नका सार्थ श्वासप्रश्वास, स्मरण शक्ति बढाउने, पाचन प्रणाली सम्बन्धी रोगहरुमा लाभदायक हुने वरिष्ठ कविराज चापागाईले बताए ।
आयुर्वेदका विज्ञ चिकित्सकले सुरक्षित तवरले तयार पारिएको आयुर्वेदको औषधी भएको हुँदा चिकित्सक र आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहमा लिदा कुनै असर नहुने बताइएको छ । ज्वरो र वान्ताको समस्या भएका बालबालिकलाई भने यसको प्रयोग गर्नु नहुने र यसको प्रयोग पश्चात कुनै समस्या आएमा तुरुन्छ चिकित्सकसंग सल्लाह लिनुपर्ने उनले सुझाएका छन् ।
स्वर्ण विन्दु प्रासन आयुर्वेदको शास्त्रीय उपचार विधि हो । परापूर्वकालदेखि चलि आएको यो पद्धति आयुर्वेद स्नातक पढ्ने विद्यार्थिहरूको पाठ्यक्रममा पनि समावेश छ तर यो पद्धति तनहुँको पुरानडिही नगर अस्पतालको आयुर्वेद स्वास्थ्य शाखाले मात्रै गर्दै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker