मौरी सहितको घार र महबाट आम्दानी

भञ्ज्याङ समाचारदाता/तनहुँ

ऋषिड गाउँपालिका-३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट रु एघार लाख आम्दानी गरेका छन् । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु दस लाख र मह बिक्रीबाट रु एक लाख बराबरको आम्दानी गरेको उनले बताए ।

तीन वर्षअघि मौरीपालन फर्म दर्ता गरी व्यवसायमा लाग्नुभएका किसान मगरले मौरीसहितको घार रु दस हजारमा बिक्री गर्ने गरेको जानकारी दिए । यसवर्ष मह उत्पादन कार्यलाई भन्दा मौरीसहितको घार बिक्रीलाई प्राथामिकता दिइएका कारण मह उत्पादन घटेको भएको उनले बताए ।

मह प्रतिमाना रु एक हजारमा बिक्री हुने गरेको छ । फार्ममै आएर मानिसले मह लैजाने गर्दा बिक्रीका लागि बजारको कुनै समस्या छैन्, किसान मगरले भने, “आउँदा वर्षमा मह उत्पादन कार्यलाई प्राथामिकता दिने सोच बनाएको छु ।” सुरुमा रु तीन लाख खर्च गरेर सेरेना जातको मौरी पाल्न थालेका उनले राम्रै आम्दानी गरी घर्रखर्च र बैकको किस्ता तिर्नसमेत सहज भएको बताए ।

यतिबेला किसान मगरको फार्ममा एक सयका हाराहारीमा मौरीका घार छन् । मौरीपालनबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले स्वदेशमै बसेर परिश्रम गर्न सक्ने हो भने पैसा कमाउन विदेशिनु नपर्ने बताउँछन् । सदरमुकाम दमौलीमा करिब पन्ध्रवर्ष फर्निचरको शोरुम राखेर व्यापार गरेका कृषक मगर खासै उपलव्धि नभएपछि उक्त व्यवसाय छाडेर वैकल्पिक पेसाको रूपमा मौरीपालनतर्फ लागेका हुन् ।

मौरीपालन व्यवसायमा काम गर्न सजिलो हुने, थोरै लगानी भए पुग्ने, शारीरिक कसरत गर्न नपर्ने र थोरै जनशक्तिले काम गर्न सकिनेजस्ता कार्यले आफू यसतर्फ आकर्षित भएर लागेको उनले बताए । यसवर्ष लक्ष्यअनुसारको आम्दानी गर्न सफल भएको छु, किसान मगरले भने, “आगामी बर्ष अझ यस व्यवसायलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने योजनामा लागेको छु ।”

मौरीपालन व्यवसायमा घरपरिवारले पनि साथ दिँदा काम गर्न सहज हुनाका साथै अघि बढ्न थप हौसला मिलेको मगर बताउँछन् । आफूले व्यवसाय थालेको तीन वर्ष वितिसक्दा पनि कुनै पनि निकायबाट अनुदान पाउन नसकेको हुँदा किसानलाई टिकाउन स्थानीय सरकारले अनुदान कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने किसान मगरको गुनासो थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker