बालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

बागलुङ : बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा बागलुङ प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका वडा नं १ को बुर्तिवाङ बजारबाट ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–१ की ४० वर्षीया प्रितिमा विक र बुर्तिवाङमै बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालन गर्दै आएकी मकवानपुरको कैलाश गाउँपालिका ९ की ३७ वर्षीया खिमकुमारी बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई बिहीबार उनीहरु पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बिजय यादवले बताए । उनीहरुले १६ वर्षीय किशोरीलाई ४ वर्षदेखि होटलमा राखेर ग्राहकसँग पैसा लिएर यौन व्यवसायमा लगाएको खुलेको हो । त्यसबाट उनीहरुले पैसा समेत कमाएको खुलेको प्रहरीले बतायो । सुराकीको आधारमा प्रहरीले छापा मारेर प्रमाणसहित पक्राउ गरेको बताएको छ । पीडितको जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने सबुत समेत बरामद गरेको छ ।

अभियुक्तलाई मानवेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अर्न्तगत वेश्यावृत्तिमा लगाउन नहुने सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान पनि थालेको यादवले जानकारी दिए । उक्त घटनापछि सोही प्रकृतिका अन्य स्थानमा पनि प्रहरीले निगरानी बढाएको छ । कान्तिपुरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker