भानुमा निशुल्क आयूर्वेद स्वास्थ्य शिविर सम्पन्न

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको वडा नम्बर १० स्थित चोक माध्यमिक विद्यालयमा शनिवार निःशुल्क विशेषज्ञ आयूर्वेद स्वास्थ्य शिविर एवं औषधी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कीर्तिपुर काठमाडौंको आयोजना एवं भानु नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मानिसले स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताए । नागरिकलाई खानपानको विषयमा जानकारी नहुँदा समस्या हुने बताउदै पौडेलले खानपानमा विशेष ध्यान दिनुपर्ने समेत बताएका थिए । तनहुँ क्षेत्र नम्बर-१ का जनताको समस्याबारे आफु सचेत रहेको बताउदै उनले स्वास्थ्य, शिक्षा, रोजगारी लागयतका कामलाई निरन्तरता दिने बताएका थिए ।

कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरबासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा चिकित्सकहरुले स्वास्थ्य परिक्षण एवं निशुल्क औषधी वितरण समेत गरेका थिए । उक्त शिविरमा ४३० जनाले सेवा लिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker