मकवानपुर क्याम्पसमा दुईदिने पियर लर्निङ सेमिनार, उत्कृष्ट क्याम्पसहरूको सञ्जाल गठनमा जोड

हेटौडा : मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाको आयोजनामा दुईदिने ‘पियर लर्निङ सेमिनार’ आइतबार सम्पन्न भएको छ । उत्कृष्ट क्याम्पसहरूबीच असल अभ्यास आदान–प्रदान, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित सेमिनारमा देशका विभिन्न उत्कृष्ट तथा पर्यवेक्षक क्याम्पसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. अधिकारी उद्घाटन गरेका सेमिनारमाको अध्यक्षता मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष डोरमणि पौडेल, त्रिभुवन विश्वविद्यालयका निमित्त रजिस्ट्रार तथा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे र व्यवस्थापन संकायका पूर्वडिन प्रा. डा. डिल्लीराज शर्माले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा क्याम्पसहरूबीच सहकार्यको आवश्यकतामाथि जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन सत्रपछि उत्कृष्ट क्याम्पसका आन्तरिक गुणस्तर सुनिश्चितता समिति तथा स्वमूल्यांकन प्रतिवेदन तयारी समितिका संयोजक एवं सदस्यहरूले आ–आफ्ना क्याम्पसको परिचय, आर्थिक, भौतिक तथा शैक्षिक गतिविधि, असल अभ्यास र विद्यमान चुनौती समेटिएका कार्यपत्र प्रस्तुत गरेका थिए ।

सेमिनारको दोस्रो दिन पहिलो सत्रमा आदिकवि भानुभक्त क्याम्पस, दमौलीका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले उत्कृष्ट क्याम्पसहरूको सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा व्यवस्थापन संकायका पूर्वडिन प्रा. डा. डिल्लीराज शर्माले ‘लिड क्याम्पस सञ्जालको औचित्य, गठन र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तर अभिवृद्धिका लागि क्याम्पसहरूबीच अनुभव आदान–प्रदानलाई संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सेमिनारमा मकवानपुर बहुमुखी क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्य, सदस्यहरू बद्रीप्रसाद लम्साल, डा. कृष्णप्रसाद धिताल र विष्णुप्रसाद दाहाल, क्याम्पस प्रमुख प्रा. डा. यमबहादुर सिलवाल, प्रा. डा. शंकरप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरू संगम चौलागाईं, उत्तम अर्याल र दिनेश बिडारी, प्राध्यापक प्रसिद्ध रेग्मी तथा कर्मचारी सन्देश बिडारी र रूपक खुलालको उपस्थिति रहेको थियो ।

यस्तै बालकुमारी कलेज, नारायणगढ, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, आदिकवि भानुभक्त क्याम्पस, दमौली, सुकुना बहुमुखी क्याम्पस, मोरङ, दमक बहुमुखी क्याम्पस, झापा तथा जनप्रिय क्याम्पस, पोखराका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रतिनिधिहरूले पनि सक्रिय सहभागिता जनाएका थिए ।

पर्यवेक्षक क्याम्पसका रूपमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा, कालिका बहुमुखी क्याम्पस, पोखरा तथा बागेश्वरी क्याम्पस, भक्तपुरका सञ्चालक समिति, क्याम्पस प्रशासन तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रतिनिधिहरू सहभागी भएका थिए।

आयोजकका अनुसार सेमिनारले उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान, गुणस्तर सुनिश्चितता प्रणालीलाई थप प्रभावकारी बनाउने तथा उत्कृष्ट क्याम्पसहरूको राष्ट्रिय सञ्जाल निर्माणका लागि साझा अवधारणा विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker