विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

दमौली : विश्व सम्पदा दिवसका अवसरमा आज यहाँको व्यास नगरपालिकाभित्रका पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धनका व्यास सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘सम्पदा संरक्षण एवं स्वास्थ्य शरीरका लागि’ नारासहित पदयात्रा आयोजना गरिएको हो ।
यहाँका पुरातात्विक सम्पदाको अध्ययन तथा अवलोकनका निम्ति पदयात्रा गरिएको प्रतिष्ठानको कला तथा सांस्कृतिक विभाग संयोजक देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । लोपोन्मुख अवस्थामा रहेका र कतिपय भग्नावशेष बनेका पुरातात्विक सम्पदा संरक्षणमा टेवा पु¥याउने उद्देश्यले पदयात्रा गरिएको उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरिएको पदयात्रा व्यास–४ कार्यालय परिसर, जलदेवी मन्दिर–मस्जिद, कालिका मन्दिर–तमुसार कोइबो हुँदै पाटन–पराशर–व्यास गुफा क्षेत्रमा पुगी पर्यटकीय सम्भाव्यता र सम्पदाको अध्ययन तथा अवलोकन गरिएको पुरात्व एवं पर्यटन विभाग संयोजक हरिसिं गुरुङले बताउनुभयो । पाटन पराशर र व्यास गुफासँगै देउरालीनगर धार्मिकस्थल भ्रमणपछि व्यास–३ अनशन चौतारीमा पदयात्रा समापन गरिएको उहाँले जानकारी दिनुभयो ।
व्यास नगरपालिका प्रमुख एवं व्यास प्रज्ञा प्रतिष्ठानका कुलपति बैकुण्ठ न्यौपानेले अधिकांश सम्पदा भग्नावेश अवस्थामा पुगेको भेटिएका बताउनुभयो ।  पदयात्रामार्फत नगरपालिकाभित्रका पर्यटकीय स्थानका साथै पुरातात्विक सम्पदाको अवस्था पहिचान गरिएकाले यसले आगामी दिनमा पर्यटन र पुराना सम्पदा संरक्षणमा योजना बनाउन सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
“नगरपालिका पर्यटकीय तथा पुरातात्विक सम्पदामा धनी छ तर यसतर्फ ध्यान दिन सकिएको छैैन । हाम्रो पहिचान नै यी सम्पदा हुन्, त्यसैले नगरपालिका यसतर्फ सचेत भएको छ । आजको कार्यक्रमले पनि हामीलाई केही काम गर्ने सन्देश प्राप्त भएको छ । हाल सञ्चालनमा रहेका यससँग सम्बन्धित कार्यक्रमलाई थप बढावा दिनेछौँ । यी सम्पदालाई आयसँग जोड्ने लक्ष्यसहित अगाडि बढ्छौँ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।
नगरपालिका क्षेत्रमा प्रमुख पर्यटकीयस्थलका रूपमा भगवान वेदव्यासको २८औँ अवतरण भूमि व्यास गुफा परिसर रहेको छ । यसका साथै पराशर गुफा, तनहुँ कालिका मन्दिर धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित छन् । यहाँका कयौँ स्थानको प्रवर्द्धन हुनसकेको छैन । पदयात्रामार्फत यस्ता पुरातात्विक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धनमा तीनै तहका सरकारलाई आवश्यक कार्य अगाडि बढाउन सन्देश प्रवाह भएको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker