म्याग्देमा साढे तीन करोड मूल्य बराबरको पशुधन बिमा

म्याग्दे गाउँपालिमा रु साढे तीन करोड मूल्य बराबरको पशुधन बिमा गरिएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको स्वीकृत पशु बिमा प्रिमियममा २० प्रतिशत अनुदान कार्यक्रममार्फत एक सय ८० जना किसानले पालेका पशुको निःशुल्क बिमा गरिएको हो ।

पशु सेवा उपशाखा प्रमुख डा विनय शाहका अनुसार सात सय ७८ पशुको बीमा गरिएको छ । त्यसमध्ये दुई सय ५९ गाई, एक सय ३३ भैँसी, तीन सय ७० बाख्रा, १६ सुङ्गुर छन् ।

गाईभैँसीको कुल बिमा प्रिमियम शुल्क रु पाँच हजार हुने र रु पाँच हजारको ८० प्रतिशत शुल्क अर्थात् रु चार हजार सङ्घीय सरकारले बिमा कम्पनीलाई भुक्तानी गरेको छ । बाँकी २० प्रतिशत प्रिमियम गाउँपालिकाले किसानलाई बैंकिङ प्रणालीमार्फत उपलब्ध गराएको डा शाहले बताउनुभयो । “पशु बिमाका लागि किसानले कुनै रकम तिर्नुपर्दैन । ८० प्रतिशत रकम सङ्घ सरकारबाट र २० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

पशुधनको बिमाबापत गाउँपालिकाले रु तीन लाख ५२ हजार एक सय ३१ खर्च गरेको शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुको बिमा कार्यक्रममा सहभागी हुन निवेदन माग गरिएको थियो । जसमध्ये एक सय ८० किसानले निवेदन दिएको र निवेदक दिएका किसानले पालेका करिब रु तीन करोड ५० लाख बराबरको पशुधनको निःशुल्क बिमा गरिएको छ ।”

पशुधन बिमा गरेपछि पशुको मृत्यु भएमा पशुपालक किसानले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजात सङ्लग्न गरी दाबी गरेमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक किसानलाई दिनुपर्ने प्रावधान छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker