स्थानीय निर्वाचन : मतदाताको परिचयपत्र हराएमा के गर्ने र कहिले पाइन्छ ?

भञ्ज्याङ समाचारदाता/दमौली

सरकारले स्थानीय तहको चुनाव एकै चरणमा २०७९ सालको वैशाख ३० गते गर्ने घोषणा गरिसकेको छ । निर्वाचनका लागि आवश्यक तयारीमा जुटिसकेको आयोगले दल दर्ताका लागि हालै आहृवान गरेको छ ।

निर्वाचन आयोगको नयाँ निर्णयअनुसार चुनावको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । यसका लागि अहिले संकलित मतदाता नामावलीको अध्यावधिक गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकाल बताए ।

निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य हाललाई स्थगित गरिएको छ । तर १६ वर्ष पुगेर नागरिकता बनाएका प्रत्येक नागरिकको नाम मतदाता नामावलीमा प्रविष्ट भएकाले तीमध्ये १८ वर्ष पूरा भइसकेका सबैले यसपालि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

‘वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले त्यसको भोलिपल्ट हुने चुनावमा मतदान गर्ने व्यवस्था मिलाइएको छ’, प्रमुख ढकालले भने, ‘त्यसरी मतदान गर्न योग्य अथवा मतदानको अवसर पाउनेहरूको संख्या दुइ लाख हुने अनुमान आयोगले गरेको छ ।’

यस्तै, तनहुँमा माघ २४ गतेसम्म गरिएको फोटो सहितको मतदाता नामावली संकलनमा २ लाख ४८ हजार ४९३ नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । संकलित नामावलीको अध्यावधिक कार्य भइरहेको र फागुन १९ गतेदेखि २५ गतेसम्म दाबी विरोध पश्चात अन्तिम नामावली प्रकाशन लगायतका कार्य गरी मतदाताको आधिकारीक तथ्याङ्क सार्वजनिक गरिने छ ।

तनहुँमा २०७४ सालाको स्थानीय तहको निर्वाचनमा १ लाख ९४ हजार ४७१ जना मतदाता रहेका थिए भने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा २ लाख ११ हजार ४४६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, संघीय व्यवस्था तीन तहको सरकार भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा देशभार १ करोड ४० लाख मतदाता थिए । आयोगले २०७७ पौष ५ गते गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार १ करोड ६२ लाख ४३ हजार ११० जना १८ वर्ष पुगेका मतदाता छन् । यसपालि अघिल्लो चुनावको तुलनामा ४० लाख बढी अर्थात चैत १० गतेदेखि १५ गतेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन तयारी आयोगले गरेको छ ।

मतदाता परिचयपत्र प्रकाशन

यस्तै, कुल ७५३ स्थानीय तहमा हुने चुनावका लागि निर्वाचन आयोगले देशभरि १० हजार ७५६ वटा मतदान स्थल तोकेको छ । तनहुँका १० वटा स्थानीय तहका ८५ वटा वडामा १३६ मतदान स्थल कायम गरिएको छ । मतदानका लागि मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र देखाउनुपर्ने बताइएको छ । तर मतदाता परिचयपत्र हराएका वा नष्ट भएका कतिपयले चाहिँ चिन्ता व्यक्त गर्दै आएका छन् ।

जिल्ला निर्वाचन अधिकृत ढकालका अनुसार मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । ढकालले भने, ‘यदि हराएको मतदाता परिचयपत्रको फोटोकपी छ भने त्यो लिएर अथवा छैन भने आयोगको वेबसाइटबाट आफ्नो परिचयपत्रको क्रम संख्या टिपेर वडा कार्यालयको सिफारिस लिई जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिन्छ ।’

त्यसपछि जिल्ला कार्यालयले मुख्य कार्यालयलाई विवरण पठाउने र आयोगले नयाँ मतदाताका तथा हराएकाहरूको एकसाथ नामावली प्रकाशन गर्ने भएको छ ।

परिचयपत्र कहिले पाइन्छ ?

विद्यमान व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । उनिहरू पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था आयोगले मिलाएको छ ।

मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आफ्नो परिचयपत्र सजिलै लिन सक्ने आयोगले बताएको छ । स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न पाइने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker