खैरेनीटार सवस्टेशनमा नोलाइट र काउन्टरको सेवा, शुक्लागण्डकी, भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ, नवलपुरको बौद्धिकाली र बुलिङटारका सेवाग्राही लाभान्वित

  • राजकुमार आले (दुलेगौंडा)

नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रको नोलाइट तथा महसुल काउन्टर सेवा खैरेनीटार सवस्टेशन शाखा झरौटाबाट शुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख टेकनाथ तिवारीले काउन्टरको शुभारम्भ गरेका हुन् । लामोसमयदेखि कोठा भाडामा लिएर दुलेगौँडाबाट नोलाइट तथा काउन्टर संचालन गर्दै आएको प्राधिकरणले शुक्लागण्डकी-५ झरौटा सवस्टेशन परिसरबाटै नोलाइट तथा काउन्टरको सेवा सञ्चालन गरेको हो ।

पछिल्लो समय विद्युतीय माध्यमबाट कोरोबार हुने भएपनि काउन्टरमै गएर महसुल भुक्तानी गर्नेहरुका लागि तालचोक जानु पर्ने बाध्यता हटेको छ । काउन्टरबाट दिइने सबै सेवा खैरेनीटार झरौटाबाटै उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । काउन्टरले आइतबारदेखि नै सेवा शुरु गरेकोछ । काउन्टरबाट पहिलो सेवाग्राहीको रुपमा जनकल्याण मावि बेलचौतराले सेवा लिएको थियो ।

केन्द्रका प्रदेश प्रमुख तिवारीले देशबाट लोडसेडिङ हटिसकेकाले अब विद्युत वितरणको गुणस्तरीेयतामा ध्यान दिन आवश्यक रहेको बताए । उनले भोल्जेट व्यवस्थापन र फिडरहरुको सुधार गर्नतर्फलाग्नु पर्ने बताउँदै खैरेनीटारमा सवस्टेशन निर्माण भइसकेपछि यस क्षेत्रका उपभोक्ताहरुले अब भोल्जेटको समस्या झेल्नु नपर्ने बताए ।

झरौटामा काउन्टर सारदा दुलेगौंडा क्षेत्रका उपभोक्तालाई दुरी टाढा हुन गएकोले प्रविधिको प्रयोग गर्न र उपभोक्ता काउन्टर जाने आउने सडकको स्तरोन्नती गर्न आवश्यक रहेको हुँदा सोका लागि स्थानीय सरकारको ध्यानाकर्षा गराए । उनले नयाँ मिटर राख्न र क्षमतावृद्धिका लागि तालचोक नै जानु पर्ने अवस्थालाई ध्यानमा राख्दै यहिबाट मिटर वितरण गर्ने गरी तुरुन्तै काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा लेखनाथ वितरण केन्द्रका प्रमुख नविन कुमार लाभले केन्द्रको कार्यक्षेत्र धेरै भएको अवस्थामा खैरेनीटार सवस्टेशन निर्माणपछि सेवा प्रभावकारी हुँदै गएको बताए ।

कार्यक्रममा शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा र वडा नं. ६ का वडा सदस्य बुद्धिबहादुर थापाले नोलाइटको सेवा सहित झरौटामा काउन्टर संचालनमा आएपछि उपभोक्ताको समय र पैसाको बचत हुने विश्वास व्यक्त गरे ।

शुक्लागण्डकी-५ झरौटास्थित जिपि कोइराला अस्पताल पछाडी निर्माण गरिएको सवस्टेशन गत बर्षो पुसदेखि नै संचालनमा आएको थियो । विद्युतभार कतौटी गर्ने गरी खैरेनीटार झरौटामा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको हो । यस सवस्टेशनबाट तनहुँका शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङका साथै नवलपुरको बौद्धिकाली र बुलिङटारका गरी करिब २५ हजार बढी सेवाग्राही लाभान्वित हुने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker