शुक्लागण्डकी-१ थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाले तनहुँको शुक्लागण्डकी नगरपालिका-१ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका बरिष्ठ फिजिसियन डा. सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए ।

उक्त अवसरमा थप्रेक स्वास्थ्य चौकी इन्चार्ज रियाज अन्सारीले रक्तचाप एवं तौल परीक्षण गरेका थिए भने अनमी वविता भट्टराइ, अहेव वावुराम वाग्ले र उदय पगेनीले औषधी वितरणमा सहजीकरण गरेका थिए ।

शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब दुइ लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यबाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गरिएको स्मरण गरेका थिए ।

उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा शुक्लागण्डकी-१ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताए ।

चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निःशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन इच्छुक रहेको उनिहरुले बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker