यातायात व्यवसायीहरुले तीन दिनदेखि सार्वजनिक सवारी साधान सञ्चालन नगर्दा सर्वसाधारणलाई सकस

तनहुँ : यातायात व्यवसायीहरुले तीन दिनदेखि सार्वजनिक सवारी साधान सञ्चालन नगर्दा सर्वसाधारणले निकै सकस झेल्नुपरेको छ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारेका छन् ।

यसरी सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारणहरु सहज रुपमा गन्तव्यमा पुग्न पाएका छैनन् । तनहुँको ग्रामीण तथा भित्री सडक खण्ड तथा पृथ्वीराजमार्गमा कुनै पनि व्यवसायीहरुले सार्वजनिक सवारी साधान नचलाउँदा सर्वसाधारणको दैनिकी असहज बन्नुका साथै गरिखाने वर्ग झन समस्यामा परेका छन् ।

जिल्लाको भानु नगरपालिका मिर्लुङका खेमबहादुर गुरुङ आफ्नो स्वास्थ्य उपचारका लागि सदरमुकाम दमौली आएको भोलीपल्टैदेखि बन्द हुँदा उपचारपछि गाउँ फर्कन नपाएको बताए । गाउँ जाने बस लाग्ने ठाउँ दमौलीस्थित भोर्लेटारचोकमा कुनै सवारीसाधान गाउँतिर गैहाल्छन की भनेर हेर्न आएको बताउँदै गुरुङले भने, ‘विरामी भएर उपचार गर्न सदरमुकाम झरेको भोलीपल्टैबाट गाडी बन्द भएछ, गाउँ जान पाएको छैन । खेतमा धानको विऊ राख्ने तयारी गरेर आएको, गाडी कहिले चल्ने हुन कुन्नी ! धानको विऊ राख्न ढिला भइसकेको छ ।’

यस्तै, सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी दमौलीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएकी ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरकी हरिमाया थापा मगर तीन दिनदेखि व्यापार नभएको बताउँछिन् ।

‘राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई फलफूल बिक्री गरी आफ्नो गुजरा चलाउँदै आएको छु । तर, तीन दिनभयो केही व्यापार नै भएको छैन’, उनले भनिन्, ‘यो बन्दले हामी जस्ता गरिखाने र हुँदा खाने वर्गलाई निकै सकस बनाएको छ । साहुसंग खरिद गरेर ल्याएको फलफूल पनि कुहिन लाग्यो । किनेर ल्याएको फलफूल कुहियो भने आफ्नो लगानि पनि डुब्छ, अनि साहुलाई दिने पैसा र आफ्नो दैनिकी चलाउन कसरी जोरजाम गर्ने भन्ने समस्याले सताउन थालेको छ ।’

सार्वजनिक यातायातका साधान नचल्दा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । यतायात व्यवसायीले आफ्नो अधिकार खोज्दा, कसैको अधिकार हनन् भएको कुरामा पनि ख्याल गर्नु पर्ने व्यास नगरपालिका–२ का बसन्त थापा बताउँछन् । यो समस्या तत्काल समाधान गरी सर्वसाधारणको दैनिकीलाई सहज बनाउन सरोकारवाला सम्बन्धित निकयले बेलैमा निकास निकाल्नुपर्ने उनले बताए ।

यस्तै, राजमार्गमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ मार्फत् गन्तव्यसम्म पु¥याउन सहयोग गर्दै आएका छन् । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द आह्वान गरेको छ ।

अलपत्र परेका यात्रुलाई आइतबार बिहान १० बजेदेखि पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन थालिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कटिङ गरेको छ भने त्यहाँबाट मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म पुर्याउने काम भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।

सार्वजनिक यातायात सेवा बचाउ अभियान गण्डकीका प्रवक्ता योगेन्द्र केसीले व्यवसायीलाई विस्थापित गर्ने गरी ल्याएको नीति भएका कारणले सडकलाई प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले प्रदेश सरकारले हचुवाका भरमा निर्णय गर्दा यो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker