हालसम्मकै उच्च कोरोना पुष्टि, थप ११ को निधन

पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो । यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८ सङक्रमित थपिएका छन् ।

सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् । देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।

थप ११ को निधन

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ । आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ । कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker