आदिकवि क्याम्पसमा पाठ्यक्रम प्रवोधिकरण

भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुझ क्याम्पसमा दुइ दिने पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयले आदिकवि भानुभक्त क्याम्पसको संयोजनमा एम एड चौथो सेमेस्टरको समसामयिक मुद्दाहरू विषयक पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले कार्यक्रममा नेपालको उच्च शिक्षामा समग्र सुधारका लागि स्नातकोत्तर तहको शिक्षाशास्त्र तर्फको अध्ययन अध्यापनको गुणस्तरमा सुधार ल्याउन पनि अति जरुरी रहेको बताएका छन् । उनले पाठ्यक्रमलाई समसामयिक बनाउँदै यसको शिक्षण विधिलाई प्रभावकारी बनाएर योग्य जनशक्ति उत्पादन गर्न आजैदेखि लाग्नुको विकल्प नभएको बताए ।

आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले कार्यक्रम सहभागिहरुलाई क्याम्पसको चिनारीका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि शिक्षाशास्त्र संकाय, शिक्षाको आधार विषयका विषय समितिका अध्यक्ष प्रा.डा. जनार्दन घिमिरेले प्रकाश पारेको आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले जानकारी गराए ।

छात्रवृत्ति वितरण

यस्तै, आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तेश्रो, चौथो वर्षर कक्षा ११/१२ को छात्रवृत्ति आवेदक विद्यार्थीहरुको अन्तरवार्ता शुक्रवार सम्पन्न गरेको छ । क्याम्पसले जेहेन्दार, न्यून आय भएका, दलित, जनजाती, अपाङ्ग र द्वन्द्व पीडित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

क्याम्पसले गत वर्ष३१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलले जानकारी गराए । क्याम्पस विधानले छात्रवृति वितरणको आधार तयार पार्ने, छात्रवृत्ति पाउने विद्यार्थीहरूको छनौट र सिफारिस गर्ने काम गर्नका लागि क्याम्पसमा सञ्चालक समितिका उपाध्यक्षको अध्यक्षतामा छात्रवृत्ति छनोट तथा सिफारिस समितिको व्यवस्था गरेको छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बसेको छात्रवृत्ति छनौट तथा सिफारिस समितिको बैठकले स्नातक तहमा विए, विएड र विविएस तेश्रो र चौथो बर्षको छात्रावृत्ति आवेदकको अन्तरवार्ताको आधारमा छात्रवृत्रि पाउने ७१ जना विद्यार्थीहरुको छनौट गरेको छ । क्याम्पसले २ लाख ८७ हजार ४०० रुपैयाँ नगद रकमको छात्रवृत्ति वितरण गर्न सिफारिस गरेको बताइएको छ ।

विद्यार्थीहरुको डिनसंग अन्तरक्रिया

आदिकवि भानुभक्त क्याम्पसमा डिन र विद्यार्थी विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्र बहादुर बुढाथोकीद्वारा सम्वोधन गरिएको कार्यक्रममा क्याम्पसमा एम एड तहमा प्राध्यापनरत प्राध्यापक र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा डिन बुढाथोकीले एम एडका विद्यार्थीहरुसंग विषय वस्तुको ज्ञान हुनुपर्ने, सिक्ने सिकाउने प्रक्रियामा सिकारुलाई कसरी सक्रिय सहभागी बनाउने, सिकाइ र विद्यार्थीहरुको मनोविज्ञान विचको तादाम्यता कसरी बनाइराख्ने र प्रभावकारी शिक्षण कसरी गर्ने भन्ने सिप एम एड तहमा अध्ययनका क्रममा सिक्नु पर्ने सुझाव दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker