खोज अनुसन्धानका लागि पर्यटन खुल्ला विश्वविद्यालय
के.बि. मसाल

कोलम्बसले समुन्द्रको कठिन यात्रापछि अमेरीका पत्ता लगाए । तेन्जिङ र हिलारीले सगरमाथाको शिखर आरोहण पछि संसारका धेरै मानिसहरु सगरमाथाको शिखरमा पुग्न सफल भए । योगी नरहरिनाथले नेपालको मेचीदेखि महाकाली भ्रमण गरी नेपालको धर्म संस्कृति र इतिहासको बारे पुस्तक लेखे । संसारका साहित्यकार, वैज्ञानिक, अर्थशास्त्री, इतिहासकार, भूगर्भविद तथा जुनसुकै क्षेत्रका प्रख्यात मानिसहरुको जीवनीलाई हेर्ने हो भने उनीहरुले खोज अनुसन्धान पुस्तक अध्ययनले मात्र नभएर धेरै ठाउँमा भ्रमण गरेको पाइन्छ। शेक्सपियर चर्चित हुनु पढनु र लेख्नुले हो । तर उनले लेखेका पुस्तकले धेरैलाई पर्यटक बनायो । प्राचीन दार्शनिक प्लेटो हुन वा आर्थिक सम्पन्नताका हिसावले अहिलेका विल गेटस नै किन नहुन् अध्ययन भ्रमणबाट त्यस ठाउसम्म पुग्न सफल भए । पर्यटनले नयाँ नयाँ विषय वस्तुको अध्ययन अवलोकन मात्र होइन, मानिसको जीवनशैलीनै परिवर्तन गराइ दिन्छ। त्यसैले खोज अनुसन्धानका लागि पर्यटन खुल्ला बिश्वविद्यालय मानिन्छ ।
टोनी हेगन स्वीजरल्याण्डका प्रख्यात भूवैज्ञानिक हुन । टोनी हेगनको जन्म १७ अगस्ट सन् १९१७ मा स्वीजरल्याण्डको लुजर्न भन्ने ठाँउमा भएको थियो । टोनी हेगन सन् १९५० मा स्वीस विकास सहयोग अभियान लिएर नेपालमा आएका थिए। तर उनले सन १९५२ देखि नेपाल सरकार र संयुक्त राष्ट्र सघको तर्फाट समेत नेपाल सम्बन्धी खोज र अनुसन्धानको काम गरे। नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक टोनी हेगन हुन। टोनी हेगनले नेपालको मेचिदेखि महाकालीसम्मका पहाड, हिमालदेखि तर्राईसम्मका सबै क्षेत्र पैदल यात्रा समेत गरेर भौगोलिक र सांस्कृतिक अवस्थाको बारेमा बृहत खोज र अनुसन्धान गर्ने काम गरेका थिए । टोनी हेगनले नेपालको सांस्कृतिक विविधताको बारेमा वृत्तचित्र फिल्म समेत बनाएका थिए । टोनी हेगनले साठीको दशकमा खिचेका तस्बीर, भिडियोहरु र नेपाल नामक पुस्तक सहित अरु दर्जनौ पूस्तकहरु खोज अनुसन्धानमा लाग्ने मानिसहरुका लागि स्रोत भएको छ । टोनी हेगनको अप्रिल १८ सन् २००३ मा निधन भयो ।
नेपालमा खोज अध्ययन अनुसन्धान गर्न प्राचिनकाल देखिनै धेरै लेखक, साहित्यकार, भूगोलविद, राजा महाराजाहरु आएका थिए। तर त्यो समयमा पर्यटनको शाब्दीक अर्थ र बिकास भने भएको थिएन । पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रुपमा सुरु भएको सन् १८४१ देखि हो । औपचारिक रुपमा बिश्वमा पर्यटन व्यवसाय सुरु भएको अहिले एकसय ८१ वर्षो भएको छ । अर्को तर्फप्राचिनकालमा भाषिक उच्चारणको सुरुवात नभएको र लिपी अर्थात अक्षरले समेत जन्म नलिएको त्यो समयमा को-को आए र उनिहरुबाट के कुराको खोज भयो भन्ने कुरा पाउन कठिन छ । तर पनि प्राचीनकालमा नेपाल आएका केहि यात्रुहरुको बारेमा भने इतिहासकारहरुले खोज अनुसन्धान गर्दै आएका छन ।
पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको खोज-अनुसन्धान गर्न पर्यटकहरुको ठूलो योगदान हुन्छ । पुस्तकमा नलेखिएका यस्ता बिषयहरुको खोज अनुसन्धान गर्ने भनेको खुल्ला विश्वविद्यालयबाट हो । खोज अनुसन्धानबाट आएका कुराहरु इतिहाससँग जोडिन्छ। पुर्खाहरुको योगदान उनीहरुले निर्माण गरेका इतिहास, धार्मिक, सांस्कृतिक एवं सामाजिक चालचलन खोज पर्यटनसंग जोडिएको हुन्छ । राइट दाजुभाईले हवाइजहाजको आविष्कार गर्नुअघि नै हाम्रा पौराणिक कथामा आकासमा चरा जस्तै उडने यानको परिकल्पना गरिएको पाइन्छ । पृथ्वीको गुरुत्वबल आधुनिक विज्ञानको अभूतपर्ूव खोज हो । जबकी ऋषिमुनी भास्कराचार्यले आफ्नो ग्रन्थ शिद्धान्तशिरोमणिमा लेखेका थिए । पृथ्वीले आकाशीय पदार्थलाई आफ्नो विशिष्ठ शक्तिद्वारा आफुतर्फतान्ने गर्छ । आधुनिक चिकित्सा विज्ञानको खोज हुनुअघि नै आचार्य चरकले आयुर्वेद एवं औषधि विज्ञानको खोज गरेका थिए । शरीर रचनाको सन्दर्भमा होस वा ब्रम्हाण्डको, सदियौंअघि नै हाम्रा ऋषिमुनीहरुले अनेक खोज अध्ययन, प्रयोग एवं अभ्यास गरेका पाइन्छ ।
प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा सम्राट अशोक थिए । जीवनको उत्तरार्धमा सम्राट अशोक भगवान गौतम बुद्धको भक्त भए । सम्राटले गौतम बुद्धको बारेमा खोज अनुसन्धान गर्दै धेरै मुलुकमा यात्रा गरे । उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलंका, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट, ग्रीक लगायत देशमा पुर्याए । गौतम बुद्धको स्मृतिमा सम्राट अशोकले लुम्बिनीमा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भ खडा गरे जुन अहिले पनि देख्न सकिन्छ । खोज अध्ययन अनुसन्धानका लागि पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीनकालमा लिच्छविकालीन समयमा नेपालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा खोज अनुसंन्धानको भ्रमण गरेको इतिहास भेटिन्छ। पछि अर्का चिनियाँ यात्री दुःख साङले पनि नेपाल भ्रमण गरी नेपालकै विषयमा खोज अनुसन्धान गरेका धेरै कुरा लेखेका थिए ।
विश्व पर्यटन इतिहास हेर्ने हो भने प्रथम पर्यटकका रुपमा स्पेनका फर्डिनान्ड मेगेलन विश्व भ्रमणमा सन १५१९ मा निस्केका थिए। भ्रमणकै क्रममा सन १९२२ मा उनको मृत्यु भएको थियो । नेपालको र्सर्न्दभमा कुरा गर्ने हो भने यकिन तथ्य नभएपनि छिमेकी भारतका केही सहरमा मोटरबाटो सन् १९५० पछि जोडिएपछि पश्चिमा पर्यटक आउन थाले । तर त्यसअघि पनि भारत र चीनबाट अनेक यात्रुहरुले नेपाल घुमेका थिए । केही पश्चिमा पनि आएका थिए । पर्यटन व्यवस्थापन एवं व्यापार करिब दुइ हजार वर्षदेखि सुरु भएका तथ्य भेटिन्छ । प्राचीनकालदेखि पर्यटन ब्यवसाय रोमबाट सुरु भएको थियो । आफ्नो छुट्टी मनाउने क्रममा रोमनहरुले बिदाको दिनमा तर्ीथस्थलहरुमा गएर दिन बिताउँने गर्दथिए भने रात बिताउने गरी आफ्नो घरभन्दा टाढा समुद्री किनारामा छालसँग रमाउँदै बालुवा माथिको सूर्यको तापसँग रमाउन थाले । यसरी युरोपमा मानिस विस्तारै पर्यटकका रुपमा घुमफिर गरी नयाँ कुराको खोज अनुसन्धान गर्न थालेका थिए ।
खोज अनुसन्धानबाट पर्यटकले सस्कृति, भूगोल, इतिहास र अन्य बिविध बिषयको ज्ञान हासिल गर्न सक्दछन् । केवल उ संग भ्रमणको रुचि हुनु पर्दछ । भ्रमणकै क्रममा उसको रुचि अनुसार अध्ययन अवलोकन गर्दै जादा पर्यटनले नयाँ खोजबाट अनौपचारिक शिक्षा प्राप्त गर्दछ । यसरी लिने शिक्षालाई खुल्ला बिश्वविद्यालयबाट लिइएको शिक्षा भनिन्छ । नेपालमा बिभिन्न मुलुक देखि पर्यटनकै माध्यमबाट धेरै विदेशीहरु पढन र थेसिस लेख्न आउँछन । उनीहरुले नेपालको खुल्ला बिश्वबिद्यालयबाट प्रकृति, संस्कृति, वातावरण र जैबिक बिविधता लगायत धेरै बिषयमा अध्ययन गर्दछन् । पछिल्लो समय विश्वमा सबैभन्दा बढी पर्यटकहरु पर्या पर्यटनको क्षेत्रमा खोज अध्ययन अनुसन्धान गर्न रुचाउछन । नेपालमा पर्या पर्यटनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न आउने वाहृय पर्यटकको सख्या प्रत्यक बर्षवृद्धि हुदै गएको छ। मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न नेपाल भित्रिने पर्यटकहरुनै पर्या पर्यटक अर्थात इको-टुरिष्ट हुन । विश्वमा प्रकृतिको अध्ययन, अनुसन्धान गर्न मानिसहरुको रुचि बढदै गएको छ ।
पर्यटनको माध्यमबाट जीवन र जगतलाई चिन्ने बुझनको लागि खोज अनुसन्धान भन्दा अरु केहि हुन सक्दैन । पर्यटन घुमफिर गर्नु मनोरञ्जन लिनुमात्र होइन, घुमफिरबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाइन्छ। प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरु गर्न पर्यटन बाटै गर्न सकिन्छ । त्यसैले पर्यटनलाई खुला विश्वविद्यालय पनि भन्ने गरिन्छ । पछिल्लो समयमा पर्यटनबाट शिक्षा र शिक्षाबाट पर्यटन दुवैलाई निकै महत्व दिन थालिएको छ । पढनु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरु स्मरण गर्नु मात्र होइन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो। अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिँदैन । खासगरी प्राकृतिक श्रोत, भौगोलिक अध्ययन, मानव विकास अध्ययन, सामाजिक-आर्थिक पक्षको अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको यथार्थ ज्ञान लिन सम्बन्धित क्षेत्रहरुको भ्रमण गर्नैपर्ने हुन्छ ।
एउटा भनाइ छ ‘सुनेको भन्दा देखेको कुरा सत्य हुन्छ’ । विद्यालय, कलेज र विश्वविद्यालय मा हुने अध्ययनले केवल पाठयक्रम भित्रको ज्ञान हासिल गर्न सके पनि अफ्नै आखाँले देखेर पाइने ज्ञान र शिक्षाको लागि भ्रमणनै गर्नु पर्दछ । नेपालमा प्रत्येक वर्ष जैविक विविधतासँग रमाउन धेरै वाहृय पर्यटकहरु आउछन् । हिमाल ताल तलैया निकुञ्जमा पर्यटकहरु पुग्ने गर्दछन् । कतिपय पर्यटक पदयात्राबाट जैविक विविधताको बारेमा अध्ययन गर्दछन । जैविक विविधता मानव संस्कृति तथा सभ्यताको अभिन्न अंग हो । संसारमा सम्पूर्ण प्राणी, वनस्पती तथा सुक्ष्म जीवाणुमा पाइने प्रजातीय भिन्नता, प्रकार र संख्या तथा तिनीहरु बिचको अर्न्तसम्वन्ध नै जैविक विविधता हो । नेपालको भु-धरातलीय बनोट तथा छोटो दुरिमै पाइने विविध भौगोलिक संरचना, हिमाल, भीर, पहरा, गल्छी, उपत्यका र यसले पारेको हावापानीमा प्रभाव र वनस्पती तथा जनावरको विविधता पाइन्छ । जुन कारणले नेपालमा जैविक विविधताको खोज अनुसन्धानमा पर्यटकहरु रमाउछन् ।
मानिस अध्ययन भ्रमण बाटनै सुशील, ज्ञानी र सभ्य बन्न सक्दछ। अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन्छ । सबै मानिसले औपचारिक शिक्षा हासिल गर्न पर्दछ र त्यसको लागि विद्यालय, कलेज एवम् विश्वविद्यालयमा अध्ययन गर्नु पर्दछ भन्ने मात्र होइन पर्यटनको माध्यमबाट पनि मानिसले धेरै खोज अनुसन्धान गरी धेरै ज्ञान लिन सक्दछ। अनुसन्धान भनेको खोज, अन्वेषण आदि गर्ने काम हो । पर्यटकहरुले आफ्नो यात्रामा रुचि भएका बिषयमा गहिरिएर खोज अध्ययन, अनुसन्धान र अवलोकन गर्न सक्दछन् । खुल्ला बिश्वविद्यालयको कुनै सिमा हुदैन । पर्यटकहरुलाई खोज अनुसन्धान गर्न हिमाल, पहाड र प्रकृति भित्र रहेका पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको खोज-अनुसन्धान गर्न सक्दछन् । पर्यटनमा खोज अनुसन्धान गर्न प्राविधिक, बौद्धिक, स्रोत, साधन, समय र श्रम सबैको प्रयोग हुने गर्दछ । एउटा कुनै बिषय अथवा कुनै क्षेत्र वा सम्पदाको अध्ययन अनुसन्धान गर्न महिनौँ लाग्न सक्दछ। पर्यटकहरुले आफ्नो घुमफिरको यात्रामा नयाँ कुराको खोजी गर्ने गर्दछन् ।
पर्यटनमा जहिले पनि नयाँ कुरा र नयाँ ठाउको खोजी हुन्छ । नयाँ ठाउमा पर्यटक पुग्दा उसको रुचि अनुसार खोज अनुसन्धान गर्न खोज्दछ । नयाँ कुरामा पर्यटकहरुलाई खोज गर्ने रुचि जाग्दछ । प्रकृति र सस्कृति भित्र लुकेर रहेका खोजपूर्ण कुराहरुलाई उसले बाहिर ल्याउछ । अब नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले सहयोग गर्ने सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । पर्यटनको लागि पूर्वाधारको बिकास गर्दै जानु पर्दछ । पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्दछ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । अहिले पर्यटनको बिकासको लागि ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पुर्याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पर्ूवाधार निर्माण गर्न आवश्यक छ ।
विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकषिर्त गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षा गर्न सकिरहेका छैनौं । नेपालमा प्राकृतिक रुपमा रहेका सयौ पर्यटकिय सम्पदाहरु मा मानविय लगानी गर्न परेको छैन । तर अब त्यस्ता सम्पदाहरुमा संरक्षणको खाँचो भएको छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनज स्ता महत्वपूर्ण आयामको उपयोग गर्न अब पर्याप्त व्यवसायीकरण गर्न पर्दछ । जुनसुकै मुलुकबाट आएका पर्यटक नेपालमा एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल आएको पाइन्छ ।