प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको वार्षिक प्रगती ९१.४ प्रतिशत

जनक श्रेष्ठ

यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको वार्षिक भारीत प्रगती ९१.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको यतिका वार्षिक भारित प्रगती भएको हो ।

यस कार्यालयको पूँजिगत तर्फ १०. ३५ प्रतिशत प्रगती भएको छ भने, चालूतर्फ ८१.१० प्रतिशत प्रगती भएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार पूजिगततर्फ बार्षि प्रगती लक्ष्य १०.३५ रहेकोमा यतिनै अर्थात १०० प्रतिशत नै प्रगती भएको छ ।

त्यस्तै, चालूतर्फ ८९.६५ रहेकोमा ९०.४६ प्रतिशत प्रगती भएको छ । त्यस्तै, कार्याललयको बार्षित वित्तिय प्रगती ८३.७१ प्रतिशत भएको छ । सोमध्ये पूँजिगततर्फ ८९.८४ प्रतिशत प्रगती भएको छ भने, चालूतर्फ ८३ प्रतिशत प्रगती भएको परियोजना कार्यालयले जनाएको छ ।

गत आवमा विनियोजन भएको ५ करोड १० लाख ६९ हजारमध्ये ४ करोड २७ लाख ५२ हजार रुपैयाँ खर्च भएको उक्त परियोजना कार्यालयले जनाएको छ । यस कार्यालयले लमजुङमा अलैँची, मौरी, तरकारी, सुन्तला जातका फलफुल, बाख्रा लगायतका क्षेत्रमा कार्यक्रम संचालन गर्दै आएको छ ।

त्यस्तै, मनाङमा स्याउ, ओखर, आलु, दलहन, चौरी गाईको कार्यक्रम सञ्चालन गर्दै आएको छ । लमजुङमा अलैँची जोन, तरकारी जोन र मौरी जोन रहेको छ भने, मनाङमा स्याउ जोन र आलु जोन रहेको उक्त कार्यालय प्रमुख अजय अधिकारीले बताउनुभयो ।

साथै यस परियोजनाले चक्लाबन्दी कार्यक्रम, कृषि प्रदर्शन, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक कृषि उत्पादन कार्यक्रमहरु पनि सचालन गरेको छ । कृषक संस्थाहरुको क्षमता अभिवृतिको लागि समय समयमा जिल्ला स्तरीय तालिम, स्थलगत तालिम, र परियोजनाबारे सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले गोष्ठी, अन्तरनिकाय संयूक्त भ्रमण लगायतका कामहरु समेत सम्पन्न गरेको छ । यस परियोजनाको प्रभाव जिल्लामा राम्रो रहेको देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker