विमलनगरस्थित चुनपहरामा चार लेनको सडक

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–४ विमलनगरस्थित चुनपहरा खण्डमा मस्र्याङ्दी नदीबाट टेवापर्खाल निर्माण गरी बनाइदै गरिएको चार लेनको सडक। मुग्लिन–पोखरा सडकविस्तार आयोजना (पूर्वी खण्ड)ले चुनपहरा खण्डको चार लेनको सडक कालोपत्र असार मसान्त भित्रै सक्ने गरी धमाधम निर्माण कार्य अगाडि बढाएको छ । तस्बिर : सागर गिरी/रासस