भिमादको भानुमतीमा सामुहिक रुपमा अकबरे खुर्सानीखेती

भिमाद : तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीका कृषकहरुले समुहिक रुपमा अकबरे खुर्सानीखेती गरेका छन् । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत करिब १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले बताए ।
कृषि उत्पादन बढाई वडा नं. ९ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरिएको उनले बताए । उनले भने, ‘सय रोपनी क्षेत्रफलमा करिब एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ। खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गरी वार्षिक छ करोड २५ लाख रुपैयाँसम्म आम्दानीको लक्ष्य लिइएको छ ।’
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी ३०० देखि ५०० रुपैयाँ थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं. ९ ले एक लाख रुपैयाँ अनुदान दिएको थियो ।
उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताइएको छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker