खसीबोका बेचेर दशैं खर्चको जोहो

तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर क्षेत्रबाट आफुले उत्पादन गरेको खसीबोका बिक्रीका लागि दमौली बजार झरेका महिलाहरु । दमौलीमा खसीबोका बिक्री गरी दशैंका लागि आवश्यक पर्ने सामाग्रि खरिद गर्ने योजनामा उनिहरु रहेका छन् ।

व्यापारी तथा विचौलियालाई दिंदा राम्रो मूल्य नपाउने हुँदा आफैले खसीबोका बिक्रीका लागि ल्याएको र बिक्रीभएपछि दशैंका लागि आवश्यक सामाग्रि र लत्तकपडा किन्ने उनिहरुले बताएका थिए । तस्विर : नारायण खड्का/भञ्ज्याङ










