मुग्लिन-पोखरा सडकको आँवुखैरेनीस्थित ऐना पहरामा बस दुर्घटना, ५ जनाको उद्धार

मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको आँवुखैरेनीस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट ५ जनाको उद्धार गरिएको छ । बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।
उक्त स्थानमा ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।










