युरोपको ब्यवसायमा फडको मार्दै धादिडका प्रकाश
सन्तोष अधिकारी/युरोप
अरुले भन्दा फरक अनि नयाँ गर्नुपर्छ भन्ने सोच र जोस थियो उनमा। काठमाडौंदेखि कुवेतसम्म उनले ब्यवसायमा नयाँ प्रयोग गरिरहे । अनुभव बटुलि रहे । उनी अर्थात युरोपका उदियमान नेपाली ब्यवसायी प्रकाश ढकाल । धादिड बसेरीका प्रकाश अहिले लियो कम्पनी मार्फत पोर्तुगलमा रेष्टुरेण्ट, ट्राभलिड,टिकटिड तथा मनि ट्रान्सफरको ब्यससाय गर्दै आएका छन । उनले चलाएको लियो रेष्टुरेण्ट र गुफा मनि ट्रान्सफर एवं टिकटिड विदेशी संगै नेपालीको पहिलो रोजाईमा पर्दै आएको छ । नेपालदेखि कुवेतमा समेत बसेर ब्यवसायको अनुभव संगालेर युरोप छिरेका प्रकाशले छोटो समयमै पोर्तुगलको लिस्वनमा रहेर राम्रो ब्यापारीक सफलता हासिल गरिरहेका छन ।
मेहनत, लगनशिलता, धैर्यता र इमान्दारीताले आफुले ब्यवसायमा क्रमैसंग सफलता प्राप्त गर्दै गएको उनको अनुभव छ । उनी निकट भविश्यमै अन्य युरोपियान देशमा पनि आफनो ब्यवसाय विस्तार गर्ने योजनामा छन । किन तंपाईले आफनो कार्यालयको नाम गुफा राख्नु भयो ? अनि सजावाट पनि नेपालको गुफाको झल्को मेटने खालकै छ किन ? भन्ने हाम्रो जिज्ञासामा प्रकाश भन्छन, ‘यहाँ आउने विदेशीले जिज्ञासा राखेर सोध्ने गर्छन अनि त्यो मौकामा नेपालको पनि प्रमोशन गर्ने अवसर मिल्छ अनि नेपाली ग्राहकले पनि आफनै ठान्नु हुन्छ ।’ नामकरण गर्ने बेलादेखि नै ध्यान दिएर ब्यवसायमा लागेका ढकालले युरोपको महत्वपुर्ण पर्यटकीय गन्तब्यमा बसेर नेपालको समेत प्रमोशन गरिरहेको देख्दा उनको स्वदेश प्रेम पनि प्रष्ट हुन्थयो ।
यहां र नेपाल बिच ब्यवसायिक बातवरणमा के कस्ता भिन्नत छन भन्ने विषयमा भने उनको केहि दृष्टीकोण पाइयो । “हामीले लगानी कर्तालाई आकर्षित गर्न जस्तो बातवरण निती नियम र पद्धती पछयाउनु पर्ने हो त्यो गरिरहेका छैनौ । जुन युरोपमा छ । अनि हामी लगानी गरेपछि आजको भोली नै मुनाफा खोज्छौ ब्यवसायमा त्यो सम्भव हुदैन तसर्थ धैर्यता आवश्यक छ । राज्यले लगानी मैत्री वातवरण बनाउन जरुरी रहेको उनि बताउँछन् ।
पर्यटकीय देश पोर्तुगलबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उनको ठम्याई छ । विशेष गरेर नेपालको जस्तै हावापानी भएको पोर्तुगलको अर्थतन्त्रमा पर्यटन र कृषिेले ठुलो योगदान दिएको छ । यसकारण पनि नेपालले पार्तुगलबाट सिक्न सक्यो भने पर्यटन र कृषि दुबै क्षेत्रमा आधुनिकता भित्रयाउन सक्ने प्रकाशकेा भनाई छ । “युरोपमा आउनु भएका नेपालीले थोरै ट्रेन्ड बदल्न जरुरी छ खाली काम मात्र खोज्ने नभई आफनै पेशा ब्यवसायको निम्ती पनि साच्ने कि।”
ढकाल भन्छन ‘हाम्रो जस्तै अवस्था भएका बंगलादेशी पाकिस्तानी इडियान हरु सधै आफनो ब्यवसायलाई प्रथामिकता दिन्छन अनि छिटै सेटल हुन्छन अनि रामा्रे आम्दानी पनि गर्छन ।’ नेपालीले पनि अब आफनो ब्यापार ब्यवसाय गरेर राम्रो आम्दानी गर्ने दिशा तर्फ सोच बदल्न उनी सुझाव दिन्छन । ब्यवसाय गर्ने आंट भए त्यसका निम्ती सहयोगी हात र साथहरुको युरोपमा कमि नहुने उनको ठम्याई छ ।
हामी संगको कुराकानीको क्रममा समेत ब्यस्त देखिएका उनले भने “कुनै पनि ग्राहकलाई समयमै रेस्पोन्स गर्न सकिएन भने फेरी अर्को पटक आउने संभावना कम हुन्छ तसर्थ हामी ग्राहकको हरेक कामको सक्दो छिटो रेस्पोनस दिन्छौं ।” उनले थपे “ग्राहक हाम्रो भगवान हुन, म दावा का साथ भन्छु एक पटक आउनु भएका नेपाली या विदेशी ग्राहक अधिंकांश हाम्रो सेवा प्रति सन्तुष्ट भएर पटक पटक आउनु हुन्छ । यो नै हाम्रो लागि सबै भन्दा ठुलो सन्तुष्टी हो ।”
गुफाको नामबाट युरोपमा ब्यवसायको प्रकाश छरि रहेका प्रकाशले अहिले पनि १५ जना भन्दा बढीलाई प्रतयक्ष रुपमा रोजगार दिई रहेका छन । उनले रोजगार दिने क्रममा नेपालीलाई पहिलो प्रथामिकतामा राखेका छन । केहि गर्न चाहने नेपाली दाजुभाई, दिदिबहिनी हरुलाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्दै आएका ढकालको नम्र र मिलनसार स्वभाव पनि उनको ब्यवसायीक सफलताको निम्ति थप सहयोगी बनेको छ । एनआरएनए पोर्तुगलका सचिब प्रकाश सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन । पोर्तुगलका नेपाली समुदाय माझ सामाजिक उत्तरदायित्व निर्बाह गर्ने कुरामा पनि उनको सक्रियता अनुकरणीय छ ।
कुराकानीको विट मार्दै हामीले जिज्ञासा राख्यौं अन्तिममा युरोप आएका आउन चाहेका नेपालीलाई तंपाईको सल्लाह के छ ? म भन्छु, काम गरेर पैसा मात्र कमाउने सोचमा तल्लिन हुन भन्दा केही नयाँ भिजन लिएर अघि बढनुस युरोपबाट नयाँ कुरा सिक्नुस स्वदेश फर्कदा पैसा मात्र होई ज्ञान, सिप र भिजन लिएर फर्कनुस जसले तपाईको आगामी दिन झन सफलतापुर्ण रुपमा अघि बढन सकोस ।’ हो प्रकाशको सुझाव जस्तै विदेशमा रहेका नेपालीले समृद्ध मुलुकबाट फर्कदा सिप र उनीहरुले प्राप्त गरेको समृद्धीको अनुभवलाई लिएर र्फकन सके भने पक्कै पनि देशलाई धेरथोर फाईदा पुग्नेछ । देशले एउटा दक्ष नागारीक प्राप्त गर्नेछ ।










