तनहुँको दुलेगौडामा रेजेटआर १२५ स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दुलेगौंडा स्थित सुन्दर अटो वर्कसले यामाहा कम्पनीको रेजेटआर १२५ सिसि स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता गरेको छ । प्रतिलिटर करिब ८२.०२ किलोमिटर दुरीमा स्कुटर चलाएर देवी न्यौपाने पौडेल माइलेज च्यालेन्ज प्रतियोगितामा प्रथम भएकी छन् । ७९.४४ किलोमिटर प्रतिलिटरमा दूरी पार गरेर मदन भुजेल द्धितीय भएका छन् भने पुस्पा सिग्देलले ७९.१५ किलोमिर प्रतिलिटरको दूरी पार गरेर तृतीय हुन सफल भएका छन् ।
२५ जना रेजेटआर १२५ सिसि स्कुटर चालकहरु बीचमा भएको प्रतिष्पर्धामा उत्कृष्ट तीन जनालाई आकर्षक शिल्ड सहित प्रमाणपत्रले सम्मान गरिएको शोरुमका सञ्चालक आनन्द सुन्दर श्रेष्ठले जानकारी गराए । यामाहा कम्पनीले पछिल्लो समयमा एफआई सिस्टम सहित बजारमा सार्वजनिक गरेको यो स्कुटरको बजार प्रबर्द्धनका लागि माईलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताए । उनले भने, ‘स्कुटर खरिद गरेका ग्राहकहरुको अनुभव संकलनका साथै बजार ब्यवस्थापनमा कार्यक्रमले सहयोग पुर्याउनेे तथा स्कुटरका पारखीहरू बीच स्कुटर चलाउन सजिलो, माईलेज राम्रो दिने र सुरक्षित भए नभएको विषयमा जानकारी लिन पनि सहज हुने गरेको छ ।’
दुलेगौडाको विपिचोकदेखि थर्पुबजारसम्म भएको माइलेज च्यालेन्ज प्रतियोगिताका अवसरमा स्कुटर चालकहरुलाई ट्राफिक कार्यालय बेलचौतराका प्रमुख प्यामनारायण पौडेलले ट्राफिक नियमको विषयमा सचेत गराएका थिए । उनले ट्राफिक नियमको पालना गरेर जिम्मेवार चालकको परिचय दिन सके सडक दुर्घटना न्यूनिकरण हुने बताए ।
कार्यक्रममा सहभागिलाई शोरुमका सञ्चालक श्रेष्ठ, नेपालका लागि यामाहा कम्पनीको उत्पादनको आधिकारीक विक्रेता एमएडब्लुका एरिया सेल्स म्यानेजर अस्विन बुढाथोकी र र्सर्भिस इन्जिनीयर परिचित अर्यालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।










