दमौली सभागृह सञ्चालनका लागि व्यास नगरपालिकाले पारित गर्‍यो कार्यविधि

दमौली : तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ विपी वनवाटिकामा रहेको दमौली सभागृह सञ्चालनका लागि कार्यविधि बनाएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको उक्त सभागृह जिससले गत मङ्सिर २८ गते व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
व्यास नगरपालिकाको स्वामित्वमा आएपछि नगरपालिकाले आइतबार जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सक्रिय राजनीतिक दलका जिल्ला एवं नगरस्तरीय प्रतिनिधिसंगको परामर्शमा दमौली सभागृह सञ्चालन कार्यविधि २०८१ पारित गरेको हो ।
यस्तै, आइतबार बसेको नगर कार्यपालिका बैठकमा ७ महिनाको अवधिमा रु ५१ करोड बढी आय गरेको विवरण प्रस्तुत गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्म ५१ करोड २३ लाख चार हजार ३७८ रुपैयाँ आम्दानी गरेको हो ।
व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा नगरपालिकाले ३५ करोड ७९ लाख ७८ हजार ६१० खर्च भएको जानकारी गराइएको थियो । सामाजिक सुरक्षा तर्फ २५ प्रतिशत भुक्तानी तथा र स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १३ प्रतिशत उपलब्धि प्राप्त भएको बैठकमा जानकारी गराइएको थियो ।
यस्तै, नगरपालिका अन्तर्गतका जग्गाहरूलाई यसअघि कृषि र गैह कृषिमा मात्र वर्गीकरण भएकोमा नेपाल सरकारको मापदण्ड अनुसार वर्गीकरण गर्न परामर्श सेवाको जिम्मा लिएका विज्ञबाट तयार गरिएको प्रतिवेदन बैठकमा पेश हुँदा संशोधनसहित १४ वटै वडाका नक्साहरूलाई पारित गर्ने निर्णय भएकाले सम्बन्धित जग्गाधगीहरूलाई वर्गीकरण उपर दाबी गर्न ३५ दिने सूचना प्रकाशित गर्न घर नक्सा शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
व्यास नगरपालिकाको नगर शिक्षा सुधार योजना सम्बन्धी प्रगति विवरण नगर शिक्ष एवं सामाजिक विकास शाखा प्रमुख र परामर्शदाताबाट प्रस्तुत भएकोमा सरोकारवालाहरूसंग छलफल गरी अन्तिम प्रतिवेदन २०८१ माघ मासन्न भित्र पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।
नगरपालिकाले पौष ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सबै वडाहरूमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्य गर्न गराउन स्वास्थ्य शाखा र ज्येष्ठ नागरिक सेवा केन्द्रमा सम्मान लगायतका कार्यक्रम गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखालाई निर्देशन दिइएको छ ।
सरसफाई सदस्यता कार्ड टोलहरूमा वितरण भइरहेकाले आगामी नगरसभाबाट अनुमोदन हुनेगरी टोल विकास संस्थालाई सदस्यता शुल्कमा १० प्रतिशत प्रोत्साहन सहयोग उपलव्ध गराउने बैठकले निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker