घर प्लाष्टर गर्ने खट भाँचिदा दुइ मजदुर घाइते

भञ्ज्याङ न्यूज

घर प्लाष्टर गर्न तयार गरिएको खट भाँचिदा दुइ जना मजदुर गम्भिर घाइते भएका छन् । तनहुँको व्यास-३ स्थित बीसघरेमा साढे दुइ तले घरको प्लाष्टर गर्ने क्रममा खट भाँचिएको थियो ।

खट भाँचिदा ऋषिङ गाउँपालिका-१ झापुटार निवासी ३९ बर्षीय इश्वर थापा र सोही स्थान निवासी ४७ बर्षीय रामबहादुर थापा घाइते भएका छन् ।

व्यास-३ बिसघरे बस्ने फुलमाया रानाभाटको घरको साढे दुइ ढलानमा प्लाष्टर गर्ने क्रममा खट भाँचिएर तल खस्दा इश्वरको दायाँ खुट्टाको साप्रामा र रामबहादुरको मेरुदण्डमा गम्भीर समस्या देखिएको बताइएको छ ।

घाइते दुबैको दमौली अस्पतालमा सामान्य उपचार पश्चात लेखसिटी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker