व्यास नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता गरेको छ । नगरकार्यपालिकाको विहीबार बसेको बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदि बीच आर्थिक वर्ष २०८०/०८१ का लागि कार्य सम्पादन सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।

नगरप्रमुख न्यौपानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा आ.ब २०७९/८० को वार्षिक समिक्षा गोष्ठी मिति भदौ १९ गते नगर कार्यपालिकाका सबै पदाधिकारी सदस्यहरु, शाखा/उपशाखा प्रमुखहरु, वडा सचिवहरुलाई सहभागितामा गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाका सबै वडाहरुमा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय कृषि प्रबर्द्धन समिति गठन गर्ने निर्णय गरेको बैठकले कृषि व्यवसाय गर्ने प्रत्येक वडाका ३ देखि ५ जना सम्मको अगुवा कृषकहरु, कृषि प्राविधिकहरु, कार्यपालिकाका सबै सदस्यहरु, प्रदेश कृषि ज्ञान केन्द्र, प्रदेश सरकार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञहरु सम्मिलित कृषि प्रबर्द्धन भेला आगामि मंगलबार गर्ने भएको छ ।

यस्तै, व्यास नगरपालिका अन्तर्गतका कतिपय घर कायम गर्ने कार्य अझै बाँकि रहेकाले २०८० चैत्र मसान्त भित्र म्याद थप गर्न ३९औं नगरसभाको निर्णयानुसार आवश्यक प्रकृया अघि बढाउन घर नक्सा शाखालाई बैठकले निर्देशन दिएको छ ।

बैठकले नगरको फोहोरमैला व्यवस्थापन एवं नाला सरसफाई व्यवस्थापन निर्देशिका, २०८० पारित गरेको छ । वडा नं ३ वि.पि वनवाटिकामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सम्मानमा वि.पि पार्क निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट रु. दश लाख रुपैयाँ विनियोजन भएकाले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वि.पि कोइरालाले २०३६ सालमा सम्बोधन गर्नुभएकै स्थानमा पार्क निर्माण गर्न जिल्ला प्रशासन कार्यालय, तनहुँ जाने बाटोदेखि पश्चिम जिल्ला सभागृह प्रांगणसंग जोडिएको बेलको रुख रहेको स्थानमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

यस्तै, आदिकवि भानुभक्त क्याम्पसको ३७औं वार्षिकोत्सवको अवसरमा व्यास नगरपालिका वडा नं. ९ गजौडेमा “सामुदायीक स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविर” निःशुल्क रुपमा सञ्चालन गर्न फेवासिटि अस्पतालसंग सहकार्य गरी सञ्चालन गर्न सहयोग गर्ने बैठकले निर्णय गरेको छ । बैठकले भदौ ९ गतेदेखि भूमि आयोग अर्न्तर्गत निस्सा प्राप्त भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको घरजग्गा नापी वडा नं. १४ बाट प्रारम्भ गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker